सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

दिक्तेल-साप्सुखोला सडकमा श्रमदान

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १३ २०८१
images
दिक्तेल-साप्सुखोला सडकमा श्रमदान

दिक्तेलस्थित अस्पतालचोक-लफ्याङको दुबेचिवा (तीन किलोमिटर) र दुबेचिवा-साप्सुखोला (चार किलोमिटर)सडक स्तरोन्नतिको काम पूरा नहुँदै सडक विभागले योजना कटौती गरेको छ।

images
images

खोटाङ- दिक्तेल-साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन्।

images
images
images

साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन्। 

images
images

प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ-पाँचधारे तथा दिप्रुङ चुइचुम्मा हुँदै तराईका जिल्ला जोड्ने सडकअन्तर्गत लफ्याङ क्षेत्रको केही भागमा वर्षायाममा समस्या भएपछि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, कर्मचारी, स्थानीय व्यवसायी र नागरिक समाजका एक सय ५ जनाभन्दा बढी सदस्यले श्रमदान गरेका हुन्। 

images
images

दिक्तेल-साप्सुखोला दश किलोमिटर सडकलाई असार अगावै मर्मत गरेर नियमित रूपमा यातायातका साधन सञ्चालन हुने वातावरण तयार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले प्रतिबद्धता जनाएका छन्। 

यसैबीच, दिक्तेलस्थित अस्पतालचोक-लफ्याङको दुबेचिवा (तीन किलोमिटर) र दुबेचिवा-साप्सुखोला (चार किलोमिटर)सडक स्तरोन्नतिको काम पूरा नहुँदै सडक विभागले योजना कटौती गरेको छ। रासस


प्रकाशित : बिहीबार , असार १३ २०८१०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend