सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डमा २२ पुल निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १३ २०८१
images
मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डमा २२ पुल निर्माण

९ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ। सबै पुलको लागत ६ अर्ब १२ करोड ६२ लाख ५४ हजार छ।

images
images

झापा- मदन भण्डारी राजमार्गअन्तर्गत झापा-सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ। 

images
images
images

मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन्। निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन्।

images
images

निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये ९ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ। उनले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति नपाएका कारण काम रोकिएको बताए। छ वटा पुलको भने आधारभूत संरचना नै बन्न बाँकी रहेको उनले बताए। 

images
images

मोरङ, सुनसरी, झापा र इलामका खोलामा पुल निर्माण भएका छन्। डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ् तेली, बिजुवा, बुकुवा, रतुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ।

सूचना अधिकारी दत्तका अनुसार ९ वटा पुलको मूल संरचना सकिए पनि रूख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको छ। सबै पुलको लागत ६ अर्ब १२ करोड ६२ लाख ५४ हजार छ। 

यसैगरी सडकको भौतिक प्रगति भने न्यून रहेको छ। हालसम्म सडकतर्फको भौतिक प्रगति ४५ प्रतिशत मात्र भएको छ भने वित्तीय प्रगति ४५ दशमलव ८१ प्रतिशत रहेको उनले जानकारी दिए।

१० अर्ब १३ करोड लागतमा झापाको बाहुनडाँगीदेखि सुनसरीको चतरासम्म एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको छ।

निर्माण व्यवसायीलाई काम सम्पन्न भएका अधिकांश आयोजनाको २९ करोड भुक्तानी दिन बाँकी छ। पर्याप्त बजेट प्राप्त नहुँदा भुक्तानीमा विलम्ब भएको हो। रासस


प्रकाशित : बिहीबार , असार १३ २०८१०९:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend