सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

images
बुधबार, असार १२ २०८१
images
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

यहाँ विसं २०७८ चैत २० गतेदेखि जयनगर-कुर्थासम्म र विगत एक वर्षदेखि महोत्तरीको भंगाहासम्म रेल सञ्चालन भइरहेको छ।

images
images

जनकपुरधाम- मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ।

images
images
images

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए।

images
images

रेल सेवा प्रत्येक शनिबार दिनको १:३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या पुग्ने तथा सोही रेल साँझ ५ बजे अयोध्याबाट फर्किएर अर्को बिहान ७:३० बजे जनकपुरधाम पुग्ने गरी तालिका सार्वजनिक गरिएको उनले जानकारी दिए।

images
images

'जनकपुरधाम-अयोध्या रेल सञ्चालनका लागि समय तालिका सार्वजनिक गरेका छौँ, अब सोहीअनुसार छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ। उद्घाटनको समय तालिका मिलाउन लागिएको छ, समय मिल्नासाथ औपचारिक घोषणा गर्नेछौँ।'

यहाँ विसं २०७८ चैत २० गतेदेखि जयनगर-कुर्थासम्म र विगत एक वर्षदेखि महोत्तरीको भंगाहासम्म रेल सञ्चालन भइरहेको छ। रासस


प्रकाशित : बुधबार, असार १२ २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend