सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

images
बुधबार, असार १२ २०८१
images
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

प्रदेशसभामा यही असार १ गते आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट पेस भएको थियो।

images
images

लुम्बिनी- लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।

images
images
images

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे।

images
images

प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट पेस गरेका थिए।

images
images

आगामी वर्ष आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड रूपैयाँ र संघबाट १२ अर्ब एक करोड रूपैयाँ र संघबाट सलामी दस्तुरबापत ५० करोड रूपैयाँ र स्थानीय तहबाट दुई अर्ब ९२ करोड रूपैयाँ प्राप्त हुने अनुमान छ। रासस


प्रकाशित : बुधबार, असार १२ २०८११६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend