शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लगानीकर्ता पर्ख र हेरकाे अवस्थामा रहँदा नेप्से स्थिर, दुई दिन घटेको बजारमा सामान्य सुधार

images
बुधबार, पुस १४ २०७८
images
लगानीकर्ता पर्ख र हेरकाे अवस्थामा रहँदा नेप्से स्थिर, दुई दिन घटेको बजारमा सामान्य सुधार
images
images

काठमाडौं- बुधबार सेयर बजारमा सामान्य सुधार हुँदै ५.५१ अंकले बढेर २५२४.५० बिन्दुमा पुगेको छ। यसअघि दुई दिन लगातार घटेको बजारमा बुधबारको सामान्य सुधारले उतारचढावकै अवस्था देखिएको छ। 

images
images
images

सेयर लगानीकर्ता पर्ख र हेरकाे अवस्थामा रहँदा नेप्से परिसूचक स्थिर भएको हो। नाफा बुक गर्नेहरू बिक्री गर्ने र लाभांश खान खाेज्नेहरूले हाेल्ड गर्दा बजार स्थिर देखिएकाे छ। नेप्से स्थिर हुँदा काराेबार रकमसमेत घटेकाे छ।

images
images

बुधबार ५६ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रूपैयाँको कारोबार भएको छ। ९१ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटे‍को छ भने १२ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यसअघि चार दिन लगातार बढेर सोमबार ब्रेक लागेको सेयर बजार मंगलबार पनि झिनो अंकले घटेको थियो। सोमबार ६९.७७ अंकले घटेर २५२१.६५ बिन्दुमा पुगेको बजार मंगलबार २.६६ अंकले घटेर २५१८.९९ बिन्दुमा पुगेको थियो। 

गएको साताको तीन दिन र यही साता आइतबारसम्म गरेर बजारमा चार दिनमा २३२.६२ अंकको सुधार भएको थियो। आइतबार ७१.२० अंकले बढेर २५९१.४२ बिन्दुमा पुगेको थियो। तर सोमबार र मंगलबारको अवस्थाले बजार पुन: उतारचढावकै अवस्थामा आएको थियो। 

अहिलेको बजारलाई सेयर विश्लेषकहरूले बजार उतारचढावमा नै रहेको बताएका छन्। पछिल्लो समय लाभांश घोषणाले पनि सेयर बजारमा चमक भने देखिने गरेको छ।बजार अब घट्ने ठाउँ नै नरहेको समेत विश्लेषकहरूले बताउँदै आएका छन्। 

अघिल्ला केही साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३०० अंक तल झरेको थियो। नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै गत साता मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो।


प्रकाशित : बुधबार, पुस १४ २०७८०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend