शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

पृथ्वी राजमार्ग : पोखरामा सडक भासिँदा आवागमनमा समस्या

images
बुधबार, असार १२ २०८१
images
images
पृथ्वी राजमार्ग : पोखरामा सडक भासिँदा आवागमनमा समस्या
फाइल तस्बिर

आज बिहान पोखराको चाउथेमा भासिएको सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको छ।

images
images

गण्डकी- पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो।

images
images

अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गइ पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

images
images

उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनले जानकारी दिए। सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उनले बताए।

images
images


प्रकाशित : बुधबार, असार १२ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend