बुधबार, असोज २३ गते २०८१    
images
images

फक्सवागनले अमेरिकी ईभी उत्पादक रिभियनमा ५ अर्ब डलर लगानी गर्ने

images
बुधबार, असार १२ २०८१
images
images
फक्सवागनले अमेरिकी ईभी उत्पादक रिभियनमा ५ अर्ब डलर लगानी गर्ने

नयाँ कम्पनीमा फक्सवागन र रिभियनको समान ५०-५० प्रतिशत सेयर रहनेछ।

images
images

काठमाडौं- जर्मन कार उत्पादन कम्पनी फक्सवागनले अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी रिभियन अटोमा ठूलो लगानी गर्ने भएको छ। वित्तीय रुपमा संघर्ष गरिरहेको रिभियनमा फक्सवागनले ५ अर्ब डलर लगानी गर्ने भएको हो। 

images
images
images

रिभियन अटो र फक्सवागन ग्रुपबीच नयाँ संयुक्त उपक्रम बनाएर सवारीको सफ्टवेरलगायत बनाउन दुई कम्पनी सहमत भएको घोषणा मंगलबार गरिएको छ। फक्सवागनले रिभियनमा कुल ५ अर्ब डलर लगानी भएको सीएनएनले लेखेको छ। सम्झौताअनुसार फक्सवागनले तत्काल १ अर्ब डलर लगानी गर्नेछ। 

दुई कम्पनीले नयाँ संयुक्त उपक्रमबाट बनाइएको कम्पनीको नाम भने सार्वजनिक गरेको छैन। नयाँ कम्पनीमा दुई जनाको सहनेतृत्व हुने र एकले एउटा मुल कम्पनीलाई रिपोर्टिङ गर्नेगरि काम भइरहेको रिभियनका सीईओ आरजे स्कारिङले बताएका छन्। नयाँ कम्पनीमा फक्सवागन र रिभियनको समान ५०-५० प्रतिशत सेयर रहनेछ। 

images

फक्सवागनको लगानीसँगै जर्जियामा बनिरहेको रिभियनको फ्याक्ट्रीमा कार उत्पादनका लागि सहज हुने रिभियनले जनाएको छ। फक्सवागन र रिभियनको लगानीमा बनेको संयुक्त कम्पनीले नयाँ प्रविधिमा आधारित सवारी २०३० अघि नै बजारमा आउने जनाएको छ। 

images

फक्सवागन विद्युतीय सवारी उत्पादनमा आक्रामक हुन खोजी रहेको छ। सोहीकारण उसले चीनमा मात्र होइन अमेरिकामा समेत साझेदारी गरेर विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन लागेको हो। सम्पूर्णरुपमा आफैले ईभी बनाउन धेरै लगानी चाहिने भएकाले पनि फक्सवागन साझेदारी गर्ने रणनीतिमा पुगेको हो। 

रिभियन पनि स्टार्टअप विद्युतीय सवारी उत्पादक कम्पनी हो। प्रविधि र डिजाइनमा अब्बल भएपनि स्टार्टअप कम्पनी भएकाले उसँग पर्याप्त लगानी छैन। विद्युतीय सवारीको उत्पादन लागत नै महँगो भएकाले ठूलो लगानी आवश्यक पर्छ। 

रिभियन अटोमोभिभ इंक २००९ मा स्थापना भएको कम्पनी हो। रिभियनले विद्युतीय एसयूभी र पिकअप उत्पादन गर्छ। रिभियनले २०२१ बाट आरवानटी पिकअप डेलिभरी सुरु गरेको हो। 

रिभियनले २०२१ नोभेम्बरमा आईपीओमार्फत १३ अर्ब ५० करोड डलर रकम उठाएको थियो। रिभियनको हेडक्वाटर अमेरिकाको फ्लोरिडामा रहेको छ। कम्पनी २०२३ मा ५७ हजार २ सय ३२ वटा सवारी उत्पादन गरेको थियो। 


प्रकाशित : बुधबार, असार १२ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend