शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

झापामा ११ महिनामा ५१ हजार चालक कारबाहीमा पर्दा उठ्यो तीन करोड ४७ लाख राजस्व

images
बुधबार, असार १२ २०८१
images
images
झापामा ११ महिनामा ५१ हजार चालक कारबाहीमा पर्दा उठ्यो तीन करोड ४७ लाख राजस्व
फाइल तस्बिर

चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार नौ सय ५७ कार/जिपका चालकलाई कारबाही गरिएको छ।

images
images

भद्रपुर- झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो।

images
images

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा तीन करोड ४७ लाख ७८ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ। मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो।

images
images

चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार नौ सय ५७ कार/जिपका चालकलाई कारबाही गरिएको छ।

images
images

यसैगरी १४ हजार सात सय ४१ मोटरसाइकल चालक, नौ हजार सात सय ७४ ट्रक चालक, एक हजार पाँच सय ३३ टिपर चालक, दुई हजार ६ सय २२ बस चालक तथा दुई हजार ६ सय १३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायब निरीक्षक गौतमले बताए।

यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन्।

सो अवधिमा चार सय ९० सवारीसाधन दुर्घटना हुँदा एक सय ५३ जना सख्त घाइते तथा ६ सय ३२ जना सामान्य घाइते भएका प्रहरी नायब निरीक्षक गौतमले बताए। सबैभन्दा बढी चार सय ५१ मोटरसाइकल दुर्घटना भएका थिए।

यसैगरी ३४ ट्रक, ३३ बस, ७४ जिप/कार, २५ ट्रयाक्टर र ५० टेम्पो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार १२ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend