शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

हुलास स्टिलले पाँच वर्षमा गर्‍यो ५४ अर्बको व्यापार

images
बुधबार, असार १२ २०८१
images
images
हुलास स्टिलले पाँच वर्षमा गर्‍यो ५४ अर्बको व्यापार

कम्पनीले गएको पाँच वर्षमा ५४ अर्ब रुपैयाँ आम्दानी गरेको छ। पाइप तथा पाता उत्पादन गर्ने कम्पनीको वर्षेनि ४ लाख ८१ हजार ७६२ टन जस्तापाता तथा पाइप उत्पादन क्षमता रहेको छ।

images
images

काठमाडौं- सरकारले घरेलु स्टिल उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपछि हुलास स्टिलको व्यापारमा उछाल आएको छ। हुलासले पछिल्लो तीन वर्षमै ४० अर्ब रुपैयाँको कारोबार गरेको छ। 

images
images

जस्तापातामा प्रतिष्ठित ब्रान्डको पहिचान बनाएको हुलासले पछिल्लो समय निर्यातमा पनि सहयोग पाएपछि आम्दानी बढाउन सफल भएको छ। यद्यपि गएको वर्ष भने कम्पनीको आम्दानी खुम्चिएको छ। 

images
images

बर्सेनि ८/९ अर्बको औषतमा कारोबार गर्दै आएको कम्पनीले सन् २०२१ मा मात्र ११ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। २०२२ मा कम्पनीले १५ अर्ब ६५ करोड आम्दानी गरेको थियो। २०२३ मा कम्पनीको आम्दानी १२ अर्ब ४४ करोडमा सिमित भएको छ।

images
images

घरेलु बजारमा देखिएको संकुचनका कारणले कम्पनीको आम्दानी प्रभावित भएको हो। आम्दानी खुम्चिएपनि मार्जिनमा भने सुधार देखिएको छ।

कम्पनीले गएको पाँच वर्षमा ५४ अर्ब रुपैयाँ आम्दानी गरेको छ। पाइप तथा पाता उत्पादन गर्ने कम्पनीको बर्सेनि ४ लाख ८१ हजार ७ सय ६२ टन जस्तापाता तथा पाइप उत्पादन क्षमता रहेको छ। 

कम्पनीले ८ अर्ब ४६ करोड ऋण लिने लक्ष्यका साथ रेटिङ गराएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले यसलाई छोटो अवधिको ऋणका लागि एटुप्लस रेटिङ कायम गरिदिएको छ भने दीर्घकालका लागि एलत्रिपलबीप्लस रेटिङ दिएको छ। 


प्रकाशित : बुधबार, असार १२ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend