सुर्खेत- भेरी करिडोरअन्तर्गत जाजरकोटको भेरी नगरपालिका-१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ।
आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ।
निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताए।
अहिले पहिरो हटाउने काम भइरहेको छ। सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र डोल्पा आवतजावत गर्ने यात्रु बाटोमै अलपत्र परेका छन्। रासस