शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

५० करोड लागतमा २०० बेडको होटल लालचन

images
images
images
५० करोड लागतमा २०० बेडको होटल लालचन
सांकेतिक तस्बिर।
images
images

काठमाडौं- ५० करोड रूपैयाँको लगानीमा तारेहोटल लालचन बन्ने भएको छ। काठमाडौंको बासँबारीमा होटल लालचन बन्ने छ। होटलमा एउटै भवन हुनेछ। होटलमा १२२ वटा कोठा रहने छ भने २०० वटा बेड रहनेछ। 

images
images
images

५ रोपनी जग्गा निर्माण होटलको तलामा कुल क्षेत्रफल ११ हजार ५ सय ८२ वर्गमिटर हुनेछ। होटलको भवनको उचाइ ५९ मिटर रहनेछ।

images

होटलको भवन भूमिगत तलाबाहेक १४ तलाको हुने छ। ५० वटा कार र १ सय वटा मोटरसाइकल पार्किङ गर्न सक्ने क्षमताको पार्किङ क्षेत्र भवनभित्रै बन्ने छ। यसैगरी होटलको भुँईतलामा रिसेप्सन, रेष्टुराँ, डाइनिक हल, लबी र कार्यालयहरू रहने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

images

यसैगरी होटलको पहिलो तल्लामा  किचन र मिटिङ हल रहनेछ। यसैगरी होटलको दोस्रो तल्लामा स्पा, स्विमिङ पुल, मिटिङ हल र जिम हल बन्नेछ। होटलको भवनमा १२ औँ तल्लासम्म पाहुना रुम बन्ने छ। तेह्रौँ तलामा रेष्टुराँ र लाउन्ज रहने छ। होटलमा २ सय जनाले रोजगारी पाउने समेत वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

images
images

images

प्रकाशित : बिहीबार , पुस १५ २०७८०५:२८

प्रतिक्रिया दिनुहोस