सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

बाँझो जमिनमा खेती गर्नेलाई इच्छाकामनाको अनुदान

images
मंगलबार, असार ११ २०८१
images
बाँझो जमिनमा खेती गर्नेलाई इच्छाकामनाको अनुदान

गाउँपालिकाले बाख्रापालन, सुन्तलाखेती, मकैलगायत परम्परागत बाली संरक्षणलाई निरन्तरता दिएको छ।

images
images

चितवन- जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो।

images
images
images

गाउँपालिका उपाध्यक्ष माया सिलवालले सोमबार गाउँसभाबाट पारित भएको बजेटमा बाँझो जमिन प्रयोग तथा साना सिँचाइ कार्यक्रमका लागि १५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको बताइन्।

images
images

बाँझो जमिनमा खेती गर्ने किसानलाई आवश्यक बीउ सिँचाइलगायत अनुदान दिइने उनले बताइन्। यसैबीच गाउँपालिकाले बाख्रापालन, सुन्तलाखेती, मकैलगायत परम्परागत बाली संरक्षणलाई निरन्तरता दिएको उनले बताइन्।

images
images

उपाध्यक्ष सिलवालका अनुसार किसानसँगको लागत साझेदारीमा बाख्रापालन प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि २७ लाख, सुन्तलाखेतीका लागि २६ लाख, मौरीपालन कार्यक्रमका लागि सात लाख, मकैखेती कार्यक्रमका लागि सात लाख, कृषि बाली तथा पशुपक्षीमा फैलिने रोग नियन्त्रण साथै मिनी ल्याब एवं औषधोपचार कार्यक्रमका लागि नौ लाख ५० हजार रूपैयाँ, पशुपालक किसानलाई पशुधनको उपचारमा प्रयोग हुने विभिन्न औषधि निःशुल्क उपलब्ध  गराइने छ।

साथै उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न कृषि तथा पशु उत्पादनको लागि एकमुष्ट ६ लाख रूपैयाँ तथा सो को तथ्यांक अभिलेखीकरणका लागि एक लाख रूपैयाँ, सामूहिक खेती एवं नवप्रवर्द्धन व्यवसाय प्रोत्साहनका लागि पाँच लाख रूपैयाँ, पर्यटकीयस्थल जलवीरेमा कोसेली घर सञ्चालनमा ल्याई स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्नका लागि २५ लाख, फिस्लिङ तरकारी उपज संकलन केन्द्रलाई कृषकहित अनुकूल हुने गरी कार्यविधिअनुरुप सञ्चालनमा ल्याउनका लागि रु १० लाख रूपैयाँ विनियोजन गरिएको छ। रासस


प्रकाशित : मंगलबार, असार ११ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend