शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बंगलादेश बैंकमा रहेकाे आईएफआईसीको सेयर सारिका चौधरीले गुपचुप ६ अर्ब ६३ करोडमा किनिन्

नबिल र बंगलादेश बैंक मर्ज

images
बुधबार, पुस १४ २०७८
images
बंगलादेश बैंकमा रहेकाे आईएफआईसीको सेयर सारिका चौधरीले गुपचुप ६ अर्ब ६३ करोडमा किनिन्
images
images

काठमाडौं- नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनबी) को मर्जरले मूर्त रुप पाउने भएको छ। बिहीबार एनबी बैंकमा रहेको बंगलादेशको आईएफईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्नेगरी डिल सम्पन्न भएसँगै दुई बैंकको मर्जरले मूर्त रुप पाउने भएको हो।  

images
images
images

आईएफईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले ४ करोड २२ लाख ६७ हजार ९११ कित्ता सेयर ६ अर्ब ६३ करोड ६० लाख रुपैयाँमा खरिद गर्ने निश्चत भएको हो। दुवै पक्षले कुनै पनि सहमति सार्वजनिक नगरे पनि केही दिनभित्रै सम्झौतासहित राष्ट्र बैंकलाई जानकारी गराउने तयारीमा रहेको बुझिएको छ। राष्ट्र बैंकले समेत उक्त खरिद प्रक्रियालाई सहमति दिइसकेको समेत स्रोतको दावी छ। यसैबीच नबिल बैैकले सञ्चालक समितिकाे बैठक समेत आह्ववान गरेकाे छ। बैठकमा मर्ज मात्रै एजेन्डा राखिएकाे छ। 

images
images

दुई बैंकको मर्जरले गत बिहीबार अन्तिम रुप लिएको हो। बिहीबार आईएफआईसीका प्रतिनिधिहरू नेपाल आएका थिए। एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानासहितको टिम गत साता बंगलादेश गएर मर्जर र आईएफआईसीको सेयर बिक्रीको विषयमा छलफल गरेर नेपाल आएको थियो। 

images
images

एनबीमा रहेको बंगलादेशको आईएफआईसी बैंकको सेयर खरिदमा चौधरीले एक वर्ष अगाडिदेखि चासो दिएका थिए। जसको लागि राष्ट्र बैंकले समेत ग्रिन सिंग्नल दिइसकेको छ। आईएफआईसीले आफ्ने ४०.८९ प्रतिशत सेयर बिक्रीका लागि ताकेता गरिरहेको छ। चौधरीले आँखा लगाएको उक्त सेयर खरिदमा दुगड समूहले पनि चासो दिएको छ। 

उक्त सेयर बंगलादेशका सञ्चालकहरूले एनबी समूहका सदस्यलाई नै बिक्री गर्न चाहेका थिए। तर राष्ट्र बैंकले नदिने भएपछि उक्त संस्थापक सेयरमा चौधरीले चासो दिएका थिए। आईएफआईसीको सेयर बिक्रीका लागि बंगलादेशबाट आईएफआईसीको टोलीले एक महिनाकै बीचमा दुई पटक काठमाडौं आएर चौधरीसँग छलफल गरेको थियो। 

अहिले अन्य मर्जपछि कुनको रेसियो कति हुने भन्ने विषयमा छलफल केन्द्रित हुने छ। बैंक मर्जरको कुरा आईएफआईसीको सेयरमा अड्किएको छ। उक्त विषय टुंगो लागेपछि दुवै बैंकले आफ्नो सम्पती मूल्यांकन (डिडिए) गराउने छन्। त्यसलगगत्तै सेयर रेसियो लगायत मर्जरको कुरा अगाडि बढ्ने छ। बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना र नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीलाई संयुक्त प्रस्ताव बनाउन दिइएको थियो। 

नेपालमा २७ वाणिज्य बैंकमध्ये अब्बल मानिन्छ नबिल बैंक। प्रत्येक सूचकमा अगाडि रहेको नबिलको सेयर खरिद गर्न पनि लगानीकर्ताहरू लालायित नै हुने गरेका छन्।  सोही कारण पनि विगत लामो समयदेखि नबिल बैंकमा गाभिन धेरै बैंकका हल्ला चलाइन्छ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा पनि नबिल नै अगाडि देखियो। नबिलले ३८ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ। जुन सबैभन्दा धेरै हो। गत आर्थिक वर्षमा बैंकको लाभांश वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ छ।


प्रकाशित : बुधबार, पुस १४ २०७८१३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend