शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

ठूला इन्स्योरेन्स कम्पनीका दुई वर्षको लाभांश आउनै बाँकी, सात लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश कुनको कति?

images
बिहीबार , पुस १५ २०७८
images
ठूला इन्स्योरेन्स कम्पनीका दुई वर्षको लाभांश आउनै बाँकी, सात लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश कुनको कति?
images
images

काठमाडौं- १९ जीवन बीमा कम्पनीमध्ये ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमा ६ कम्पनीले आईपीओ जारी नगरेकाले नेप्सेमा सूचीकृत छैनन्।

images
images
images

लाभांश घोषणा भएका पनि आर्थिक वर्ष २०७६/७७ को मात्रै गरेका छन्। आर्थिक वर्ष २०७७/७८ को भने कुनै पनि कम्पनीहरूले लाभांश घोषणा गरेका छैनन्। इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा प्रक्रिया लामो हुने भएकोले हरेक वर्ष ढिला हुने गरेको छ। ठूला कम्पनीहरू नेपाल लाइफ इन्स्योरेन्स, नेशनललाइफ इन्स्योरेन्स कम्पनी लगायत अधिकांशको लाभांश दिन दुई वर्षको बाँकी छ। 

images
images

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये हालसम्म ७ वटा जीवन बीमा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेका छन्।

images
images

हालसम्म एशियन लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, ज्योति लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमा सबैभन्दा धेरै लाभांश एशियन लाइफले २७ प्रतिशत वितरण गर्ने भएको छ। त्यस्तै, सबैभन्दा कम लाभांश रिलायन्स लाइफले ५।२६ प्रतिशत वितरण गर्ने भएको हो।

गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ को लाभांश प्रस्ताव गरेको छ भने बाँकीले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेका छन्।

गुराँस लाइफले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश वितरण गर्नेछ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्राइम लाइफले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कूल १५.७८ प्रतिशत, एशियन लाइफले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद गरी कूल २७ प्रतिशत रहेकाे छ।

सूर्या लाइफले १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६७ प्रतिशत नगद गरी कूल १३.३६ प्रतिशत, ज्योति लाइफले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ५.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत, लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ नगद गरी कूल २१.०५२ प्रतिशत र रिलायन्स लाइफले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन्।


प्रकाशित : बिहीबार , पुस १५ २०७८०२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend