सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बाजुरामा नुनको मौज्दात पर्याप्त, अभावको हल्लाको पछि नलाग्न आग्रह

images
मंगलबार, असार ११ २०८१
images
images
बाजुरामा नुनको मौज्दात पर्याप्त, अभावको हल्लाको पछि नलाग्न आग्रह

'वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबारमात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ। हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ।'

images
images

बाजुरा- साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ। नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो।

images
images

कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताए। उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए।

images
images

उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ।

images
images
images

'वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबारमात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ', उनले भने, 'हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ।'

स्थानीय गोरख धामीले नुनको अभावको कु्रा सुनेपछि आफू लाइन बस्न आएको बताए। 'नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरु कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो', उनले भने। 

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गरे। उनका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ। रासस


प्रकाशित : मंगलबार, असार ११ २०८११२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend