शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

बैंकहरूमाथिको आक्रमणमा निजी क्षेत्रको साथ आवश्यक छ, बैंकले कर्जा दिन नजानेर खराब कर्जा बढेको होइन : सुनिल केसी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ११ २०८१
images
images
बैंकहरूमाथिको आक्रमणमा निजी क्षेत्रको साथ आवश्यक छ, बैंकले कर्जा दिन नजानेर खराब कर्जा बढेको होइन : सुनिल केसी
images
images

काठमाडौं- आगामी मौद्रिक नीति तर्जुमाका लागि राष्ट्र बैंकसँग साथै समग्र अर्थतन्त्रका विषयमा अर्थ मन्त्रालयसँग आफूहरू निरन्तररुपमा संवादमा रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन्। 

images
images
images

बैंकहरूको अर्बौं नाफा भएपनि वितरणयोग्य नाफा ऋणात्मक भएको उनले बताए। विगत तीन वर्षदेखि बैंकहरूको आरओइ निरन्तररुपमा घटिरहेकाले बैंकिङ क्षेत्र यही अवस्थामा सधैँभरी चल्न सक्ने वा नसक्ने विषयमा गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ छ।

आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको प्रि मोनेटरी पोलेसी छलफल कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकहरूमाथि आक्रमण बढिरहेकाले पनि बैंक वित्तीय संस्थालाई संरक्षण गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्र र बैंकिङ क्षेत्र एउटै बोर्डमा बसेर काम गरिरहेकाले बैंकहरू बचाउने प्रमुख दायित्व निजी क्षेत्रको भएको उनको भनाइ छ। 

images

पछिल्लो समय निर्माण क्षेत्र सबैभन्दा बढी समस्या भएकाले बैंक वित्तीय संस्थाहरूले आगामी वर्षको बजेटबाट कुनै पनि माग नराखेको उनले बताए।

images

निर्माण क्षेत्रको सबैभन्दा बढी खराब कर्जा रहेको र यस क्षेत्रकै कर्जा सबैभन्दा धेरै पुनर्तालिकीकरण गरिएकाले निर्माण क्षेत्रलाई माथि उकास्नुपर्नेमा आफूहरूले जोड दिएको साथै बैंकहरूले ऋण दिन नजानेर खराब कर्जा नबढेको केसीले बताए। 

'बैंकहरूकै कारण मात्रै खराब कर्जा बढेको होइन। बैंकहरूले ऋण दिन नजानेकै कारण खराब कर्जा बढेको होइन। अर्थतन्त्रमा आएको शिथिलताले खराब कर्जा बढेको हो। हाल नेपालको खराब कर्जा ३.९९ प्रतिशत रहेको छ। श्रीलंका र पाकिस्तानको तुलनामा हाम्रो खराब कर्जा निकै कम छ' उनले भने।

'बैंकहरूमाथि प्रतिशोध साध्नु अनुचित छ। ८५ हजारभन्दा बढी रोजगारी दिने र एकैदमै धेरै रेगुलेटेट सेक्टरलाई बचाउन आवश्यक छ। कोभिडको समयमा राष्ट्र बैंकको नीतिअन्तर्गत बसेर बैंक वित्तीय संस्थाले अर्थतन्त्र बचाएको थियो। पछिल्लो समय बैंकहरूको नाफा घटिरहेको समयमा सबैले ध्यान दिन आवश्यक छ', केसीले भने। 

बैंकहरू ग्रिन फण्ड ल्याउनतर्फ लागिरहेकाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत प्रोत्साहन आवश्यक रहेको उनले बताए।


प्रकाशित : मंगलबार, असार ११ २०८१११:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend