सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

images
मंगलबार, असार ११ २०८१
images
एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

बोर्डले नतिजा प्रकाशित भएसँगै सहजरुपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ।

images
images

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचनाअनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ।

images
images
images

एनसेल एपको होम स्क्रिनमा गइ एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्न सकिने छ। बोर्डले नजिता प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ।

images
images

बोर्डले नतिजा प्रकाशित भएसँगै सहजरुपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ।

images
images

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ।

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थी सहभागी भएका थिए।


प्रकाशित : मंगलबार, असार ११ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend