शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

images
मंगलबार, असार ११ २०८१
images
वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

'पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन्। त्यसैले बजार लैजानुपर्ने झन्झट पनि हटेको छ', किसान सुनाउँछन्।

images
images

उदयपुर- कटारी नगरपालिका-८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु वैकल्पिक खेतीमा आकर्षित भएका छन्। मकै, कोदोबालीलाई जंगली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन्।

images
images
images

केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राईले बताए। 'चार सय जति केराको बोट लगाएको छु, यसबाट आम्दानी लिन थालको छु', उनले भने, 'गत वर्ष पनि झण्डै एक लाख रूपैयाँको केरा बेचेँ यस वर्ष झनै केराखेती बढाएको छु।'

images
images

भोटाङ्गे, मर्चे, जहाजी जातका केराखेती गरिरहेका किसानको मुख्यबजार पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुंगा, खोटाङ बनेको छ। 'पहाडी जिल्लाका व्यापारी घरमै केरा लिन आउँछन्। त्यसैले बजार लैजानुपर्ने झन्झट पनि हटेको छ', कटारी-८ ढापटारका किसान रत्नबहादुर विश्वकर्माले भने, 'फलाएपछि भयो, व्यापारीले बारीबाट आफै केरा उठाउँछन्।'

images
images

किसान साङ्दोेर्जे तामाङले मकै सखाप पार्ने दुम्सी, सुगा चराबाट आजित हुननपरेको बताए। स्थानीय किसानले थोरैमा प्रतिघर बर्सेनि ५० हजारदेखि दुई लाखसम्म केराबाटै आम्दानी लिने गरेका जनाइएको छ। पाखो झाडी सफा गरेर केराखेती सुरु गरेका किसानले यसैलाई पहिलो नगदे बालीका रूपमा मन  पराउन थालेको कटारी -८ वडाध्यक्ष नवीन्द्र तामाङले बताए।

नौ रोपनी जग्गामा केराखेती गरिरहेका ढापटारकै मोहन कोइरालाले व्यापारीले बारीमै प्रतिखापा ५० रूपैयाँले लैजाने गर्दा आम्दानी राम्रो भएको बताए। उनले भने, 'अझै गाउँगाउँसम्म जाने बाटो राम्रो छैन, त्यसैले मूलबाटोसम्म लैजाने बिचौलियाले यहीँको यहीँ ८० रूपैयाँ खापामा बेच्ने गरेका छन्।'

वडाध्यक्ष तामाङका अनुसार वडाका हलेदे, मरुवाखानी, केराबारी, पटना, कवासे, गेरु, सिक्रे, ढापटार, वड्मी, माटे, खलङ्गेका गरी चार सय ५० हाराहारीका किसानले केराखेती गर्दै आइरहेका छन्।

केराखेती फस्टाएपछि कृषि ज्ञान केन्द्रले पनि खेती प्रणालीसम्बन्धी तालिम किसानलाई दिइसकेको छ। तालिम लिएपछि झनै केराखेतीमा हौसिएका किसानले वडालाई केरा पकेट क्षेत्र बनाउन माग गरेका छन्।

परम्परागत अन्नखेतीभन्दा केराबाट तेब्बर आम्दानी हुने गरेको किसान बताउँछन्। रासस


प्रकाशित : मंगलबार, असार ११ २०८११०:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend