काठमाडौं- सार्वजनिक खरिद अनुमगम कार्यालयले १९ वटा ठेक्कामा काम गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।
कार्यालयले ठेक्का लगाउने निकायबाट समयमै काम गर्ने निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोसूचीमा राख्न गरेको सिफरिसका आधारमा १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राख्दै आएको छ।
कार्यालयले असार १० गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोमिज कालोसूचीमा राख्न सूचना प्रकाशित गरेको हो। उल्लेखित निर्माण कम्पनी तथा सप्लायर्सलाई १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
कालोसूची अवधिभर यस्ता निर्माण कम्पनी तथा सप्लायर्सहरुले कुनैपनि सरकारी टेण्डरमा सहभागी हुन पाउँदैनन्।