काठमाडौं- सरकारले घरजग्गा किनबेचमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। २०८१ को माघ १ गतेबाट जग्गा खरिद बिक्रीमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।
यसैगरी बैंकिङ तथा वित्तीय सेवासम्बन्धी कार्यमा पनि माघ १ गतेदेखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भन्दै राजपत्रमा सूचना जारी गरेको छ। यसैगरी माघ १ गतेदेखि नै टेलिफोन तथा सिमकार्ड सेवामा समेत राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार राजस्वसम्बन्धी (व्यक्तिगत आयकर दर्ता), सवारी चालक अनुमतिसम्बन्धी र कम्पनी दर्ता तथा नवीकरणसम्बन्धी काममा लागि साउन १ गतेदेखि राष्ट्रिय परिचय अनिवार्य गरिएको छ।