सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

विद्युत् नियमन आयोगका अध्यक्ष धितालले लिए शपथ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
images
विद्युत् नियमन आयोगका अध्यक्ष धितालले लिए शपथ

धितालले आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन्। उनी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत हुन्।

images
images

काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन्।

images
images
images

सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले धिताललाई नियमन आयोगका अध्यक्ष धिताललाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

images
images

शपथलगत्तै अध्यक्ष धितालले आयोगका सदस्य डा मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराए।

images
images

धितालले आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन्। उनी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत हुन्।

यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरुमा डा अधिकारी र शर्मालाई नियुक्त गरेको थियो।

सो अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले कानून प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे।


प्रकाशित : सोमबार, असार १० २०८११९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend