शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हिमालयन र इन्भेष्टमेन्ट बैंकले बोलाए साधरणसभा, रोक्का भएको २८ करोड कित्ता सेयर कारोबार कहिलेबाट?

images
बुधबार, पुस १४ २०७८
images
हिमालयन र इन्भेष्टमेन्ट बैंकले बोलाए साधरणसभा, रोक्का भएको २८ करोड कित्ता सेयर कारोबार कहिलेबाट?
images
images

काठमाडौं- हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक दुवैले साधरणसभा बोलाएका छन्। दुवै बैंक मर्ज भएर फागुनदेखि एकीकृत कारोबारसमेत सुरु गर्ने भएका छन्।

images
images
images

९ महिनाअगाडि बैशाखमा मर्जरमा जाने सम्झौता गरे पनि मर्जरमा समस्या आएपछि रोकिएको थियो। ९ महिनादेखि दुवै बैंकका लाखौँ सेयरधनीले सेयर कारोबार गर्न पाएका छैनन्। जसका कारण लगानीकर्ताहरू आक्रोशित बनेका थिए। मर्जरको सम्झौता गरे पनि हिमालयन बैंकमा अध्यक्ष परिवर्तन भएपछि मर्जरमा ढिलाइ भएको थियो ।

images
images

दुई बैंकको झन्डै २८ करोड कित्ता कारोबार महिनौँदेखि रोक्का छ। दुई बैंकको मर्जपछि नेप्सेमा एचएनआईबी नामबाट कारोबार हुने छ।

images
images

बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गर्दै साधरणसभा बोलाउने निर्णयसमेत गरेको छ। हिमालयनको १० करोड ६८ लाख ४४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ। भने १० अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजीसमेत रहेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको १६ करोड २५ लाख कित्ता नेप्सेमा सूचीकृत रहेको छ। बैंकको चुक्तापुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जभएपछि सवैभन्दा ठूलो बैंकको रुपमा कारोबार गर्ने छ। मर्जपछि बैंकको चुक्तापुँजी २८ अर्ब हुनेछ। 

हिमालयन बैंकलेले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत लाभांश दिने निर्णय गरिसकेको छ। नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई वार्षिक प्रतिवेदन स्वीकृत गर्दा नेपाल इन्भेष्मेन्ट बैंकसँग मर्जरमा गएमात्र पाउने शर्त राखेको थियो। इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत लाभांश दिएको छ। 

हिमालयन बैंकले पुस ३० गते नियमित साधरणसभा बोलाएको छ। जसमा हिमालयन बैंकले आफ्नो वार्षिक प्रतिवेदनको साथै लाभांश पारित गर्ने र नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने छ।

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेको लागि विशेष साधरणसभा बोलाएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले नियमित साधरणसभा भने गरिसकेको छ। जसमा हिमालयन बैकसँग मर्जरमा जाने प्रस्ताव पारित हुने छ।

मर्जरको लागि सम्पत्ति र दायित्वको मूल्यांकन गर्ने काम टिआर उपाध्यायको फर्मले गरेको थियो। दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन्। मर्जपछि हिमालयन इन्भेष्टमेन्टको नामबाट एकीकृत कारोबार हुने छ।

मर्जरपछि चुक्ता पूँजी,निक्षेप तथा कर्जाको आधारमा हिमालयन इन्भेष्टमेन्ट देशको ठूलो बैंक हुने छ। मर्जरपछि बन्ने बैंकमा अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने सीइओ हिमालयन बैंकका अशोक राणा हुने छन्। यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन्।


प्रकाशित : बुधबार, पुस १४ २०७८०६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend