शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

गोदाममा हजारौँ बोरा मल, किसानलाई भने पाउनै धौधौ [भिडियोसहित]

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
images
गोदाममा हजारौँ बोरा मल, किसानलाई भने पाउनै धौधौ [भिडियोसहित]

किसानले मल नपाएको गुनासो गरिरहँदा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रबन्धक बलबहादुर पन्थले भने गत वर्षहरूको जस्तो मलको अभाव नरहेको दाबी गरे।

images
images

रुपन्देही- ओमसतिया गाउँपालिका वडा नम्बर ३ का श्रीपत गडेरियाको खेतमा रहेको बीउ रोप्नको लागि तयार भएको छ। बीउ तयार हुनुभन्दा पहिलेदेखि उनी खेतमा हाल्ने मलको लागि पासबुक बोकेर पालिकाले तोकेको लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउँदै छन् तर अहिलेसम्म मल पाउन सकेका छैनन्। 

images
images
images

पालिकाले उनलाई कृषक मलखाद वितरण पुस्तिका (पास बुक) बनाएर दिएको छ तर सो पासबुक पाएयता उनले गतवर्ष एक बोरा डिएपी मलमात्र पाएको देखिन्छ। 

images
images

गोदाममा आएको मल एउटादेखि अर्को ट्रकमा लोड अनलोड गर्ने मजदूरले समेत मल नपाएको गुनासो गरिरहेका छन्। रुपन्देहीका प्राय सबै कृषक मलकै लागि भौतारिरहेका छन्।

images
images

एक बोरा मलको आशमा किसान भौतारिइरहँदा कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा भने हजारौँ बोरा डीएपी, युरिया र पोटास मल मौज्दात रहेको छ। तर गोदामको यो मल किसानको लागि 'ल्हासामा सुन छ, कान मेरो बुच्चै' सरह भएको छ। हजारौँ बोरा मल हुँदा पनि कृषकको पहुँचसम्म पुग्नै सकेको छैन। 

श्रीपतकै जस्तै गुनासो छ रामबहादुर थारुको पनि। उनले पनि समाचारमा पर्याप्त मल रहेको सुनेको तर समाचारमा आएजस्तो मलको उपलब्धता नरहेको बताए। 

किसानले मल नपाएको गुनासो गरिरहँदा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रबन्धक बलबहादुर पन्थले भने गत वर्षहरूको जस्तो मलको अभाव नरहेको दाबी गरे।

पन्थले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा अहिले ६ हजार ६ सय ६८ मेट्रिक टन युरिया, १ सय ७७ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेका छन्।

दाङको लमहीमा २२ दशमलव ५ मेट्रिक टन युरिया, १ सय ८९ दशमलव ८ मेट्रिक टन डिएपी, घोराहीमा ८ सय ४ दशमलव ५५ मेट्रिक टन युरिया, २ सय ३२ दशमलव ९ मेट्रिक टन डिएपी र तुलसीपुरमा २ सय २६ दशमलव ८ मेट्रिक टन युरिया तथा ३ सय ६४ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेको छ।

पाल्पामा १ सय ९ दशमलव ७ मेट्रिक टन युरिया, ४६ दशमलव ६ मेट्रिक टन डिएपी मौज्दातमा छ। तौलिहवामा ३ सय ७२ दशमलव ५ मेट्रिक टन युरिया, ४ सय ९७ दशमलव २ मेट्रिक टन डिएपी र बहादुरगञ्जमा १ सय ६१ दशमलव १ मेट्रिक टन युरिया र १ सय ८४ दशमलव ९ मेट्रिक टन डिएपी मौज्दात रहेको छ।

परासीमा २५ दशमलव ७ मेट्रिक टन युरिया र २ सय १३ दशमलव ८ मेट्रिक टन डिएपी, गुलरियामा ५ सय ९२ मेट्रिक टन युरिया तथा १ सय ४२ मेट्रिक टन डिएपी एवम नेपालगञ्जमा १ सय ९९ दशमलव १ मेट्रिक टन युरिया र १ सय ११ दशमलव ७ मेट्रिक टन डिएपी मौज्दातमा रहेको छ।

गोदाममा रहेको मलहरूलाई सम्बन्धित बिक्री केन्द्रहरूका पठाइरहेको पन्थ दाबी गर्छन्। पन्थले अहिले पनि मल आउने क्रम जारी रहेको बताए। उनले ९ हजार ५ सय मेट्रिक टन युरिया र ८ हजार मेट्रिक टन डिएपी आउने क्रममा रहेको बताए। रासस


प्रकाशित : सोमबार, असार १० २०८११२:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend