बुधबार, मंसिर १२ गते २०८१    
images
images

कर्जा निक्षेप अनुपात १२१ प्रतिशत रहेको कोशी प्रदेशको औद्योगिक उत्पादन उपयोग क्षमता ४१.७ प्रतिशतमात्रै

images
सोमबार, असार १० २०८१
images
images
कर्जा निक्षेप अनुपात १२१ प्रतिशत रहेको कोशी प्रदेशको औद्योगिक उत्पादन उपयोग क्षमता ४१.७ प्रतिशतमात्रै

कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशतले घटेको छ। कुल क्षेत्रफलमा भएको खतिमध्ये खाद्य तथा नगदेबालीले ढाकेको क्षेत्रफलको हिस्सा सबैभन्दा बढी रहेको छ।

images
images

काठमाडौं- निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी रहेको कोशी प्रदेशको औद्योगिक क्षमताको प्रयोग भने न्यून देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा यस प्रदेशको कर्जा उपयोग क्षमता ४१.७ प्रतिशतमात्रै रहेको छ।

images
images
images

गत वर्षको यसै अवधिमा कोशी प्रदेशले ४०.९ प्रतिशतमात्रै औद्योगिक क्षमताको उपयोग गरेको थियो। गत वर्षको तुलनामा यस प्रदेशको उत्पादन क्षमता समान्यरुपमा मात्रै बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। 

images

यस प्रदेशमा सञ्चालित उद्योगहरूलेमध्ये चप्पल उत्पादन गर्ने उद्योगहरूले क्षमताको सबैभन्दा धेरै उपयोग गरेका छन्। चप्पल उद्योगहरूले आफ्नो क्षमताको ७८.८ प्रतिशत क्षमताको प्रयोग गरेका छन्।

images

यस्तै वनस्पती घिउ उत्पादन गर्ने उद्योगहरूले आफ्नो उत्पादन क्षमताको उपयोग सबैभन्दा कम ५.९ प्रतिशत मात्रै गरेका छन्। राष्ट्र बैंकले अध्ययनका लागि समेटेका ठूला ४३ उद्योगले पछिल्लो ६ महिनामा ०.९ प्रतिशतले थप रोजगारी सिर्जना गरेका छन्। 

गत आर्थिक वर्षको पहिलो ६ महिनामा १७ हजार ५५८ श्रमिकले चालु आर्थिक वर्षको ७ महिनामा १७ हजार ७२० ले रोजगारी पाएका छन्। यस प्रदेशले कुल रोजगारीमध्ये ९२.४ प्रतिशत स्वदेशी र ७.६ प्रतिशत विदेशी कामदारको प्रयोग गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

२०८० पुस मसान्तसम्ममा यस प्रदेशमा औद्योगिक क्षेत्रमा १ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ परिचालनमा रहेको छ। कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.३ प्रतिशतले घटेको छ। कुल क्षेत्रफलमा भएको खतिमध्ये खाद्य तथा नगदेबालीले ढाकेको क्षेत्रफलको हिस्सा सबैभन्दा बढी रहेको छ।

खाद्य तथा नगदेबाली खेतिको हिस्सा यस प्रदेशमा ८८.६ प्रतिशत, तरकारी बाली ४.५ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ६.९ प्रतिशत रहेको छ। कोशीमा धान, मकै, गहुँ र कोदो खतिको हिस्सा चालु आर्थिक वर्षको ६ महिनामा ७३.८ प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको ६ महिनामा कृषि बालीको उत्पादन यस प्रदेशमा ०.०३ प्रतिशतले बढेको छ। जसमा नगदे तथा अन्य बालीको उत्पादन २.६ प्रतिशत, फलफुल उत्पादनको १.२ प्रतिशत र कफीको उत्पादन ०.३ प्रतिशतले बढेको छ भने तरकारीको उत्पादन १४ प्रतिशत र चियाको उत्पादन ०.१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। 

समीक्षा अवधिमा यस प्रदेशमा बाह्य पर्यटकको संख्या १.१ प्रतिशतले घटेको छ भने जहाज उडानको संख्या ७.३ प्रतिशतले कमी आएको छ। यस प्रदेशमा सवारी साधानको दर्ताको संख्या २.१ प्रतिशतले बढेर ७ लाख ८० हजार ७ सय २१ पुगेको छ। 

कोशी प्रदेशमा ४३ वटा जलविद्युत आयोजनाहरू सम्पन्न भइ विद्युत उत्पादन क्षमता ४७८.२५ प्रतिशत मेगावट पुगेको छ। कुल जिल्लाहरूमध्ये जलविद्युत उत्पादनमा सोलुखुम्बु जिल्लामा निर्माण सम्पन्न भएका आयोजनाहरूको उत्पादन क्षमता सबैभन्दा बढी १९०.४ मेगावाट रहेको छ। 


प्रकाशित : सोमबार, असार १० २०८१११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend