सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सुरु भयो बिर्तामोड-शनिश्चरे सडक कालोपत्रको काम, साढे १५ करोड लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
images
सुरु भयो बिर्तामोड-शनिश्चरे सडक कालोपत्रको काम, साढे १५ करोड लाग्ने

'सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो, सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो।'

images
images

झापा- झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ। 

images
images
images

पहिलो चरणमा अर्जुनधारा-६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए।

images
images

'बहुवर्षे योजनाअनुसार सडक निर्माण  भइरहेको छ', उनले भने, 'मौसमले साथ दियो भने तीन-चार दिनभित्र काम सकिन्छ।'

images
images

बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ। कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनले बताए। 

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए। सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन्। 

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए।

'सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो', उनले भने, 'सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो।'

सडक कालोपत्रका लागि २५ करोडको कबोल अंक तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले १५ कराड ५० लाखमा ठेक्का लिएको छ। रासस


प्रकाशित : सोमबार, असार १० २०८११०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend