शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बोनसपछि मूल्य समायोजन, पुनर्बीमासहित तीन कम्पनीको सस्तोमा सेयर किन्ने अवसर

images
बुधबार, पुस १४ २०७८
images
बोनसपछि मूल्य समायोजन, पुनर्बीमासहित तीन कम्पनीको सस्तोमा सेयर किन्ने अवसर
images
images

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बुधवार तीनवटा कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको छ। नेप्सेले नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको हो। 

images
images
images

तीनै ओटा कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो। 

images
images

नेप्सेले नेपाल पुनर्बीमा कम्पनीको १६ दशमलव ५० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य  १ हजार १०४ दशमलव ७२ तोकेको छ। कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम सेयरमूल्य १ हजार २८७ को आधारमा सेयरमूल्य समायोजन भएको हो।

images
images

नेपाल पुनर्बीमा कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनस सेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो। 

त्यस्तै, नेप्सेले उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस सेयरको समायोजनपश्चात मूल्य १ हजार ४८८ दशमलव ४६ तोकेको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । मंगलवार कम्पनीको शेयर प्रतिकित्ता १ हजार ९३५ मा अन्तिम कारोबार भएको थियो।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

त्यसैगरी, नेप्सेले मितेरी डेभलपमेण्ट बैंकको १३ दशमलव ३० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य  ४३३ दशमलव शून्य ७ तोकेको छ। कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम सेयरमूल्य ५०२ को आधारमा सेयरमूल्य समायोजन भएको हो।

मितेरी डेभलपमेण्टले गत आवको मुनाफाबाट सेयरधनीलाई १३ दशमलव ३० प्रतिशत बोनस सेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। 


प्रकाशित : बुधबार, पुस १४ २०७८०५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend