सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

images
आइतबार, असार ९ २०८१
images
खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु : प्रधानमन्त्री

'युवा तथा खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु', प्रधानमन्त्री पुष्पकमल दाहालले भने, 'खेलाडीको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत अर्थतन्त्र तथा कूटनीतिमा हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु।'

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताएका छन्। ‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर-१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले समग्र खेल क्षेत्रको विकास र खेलाडीमा उत्साह तथा प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताए।

images
images
images

'युवा तथा खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु', उनले भने, 'खेलाडीको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत अर्थतन्त्र तथा कूटनीतिमा हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु।'

images
images

नेपालको भू-बनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे। उनले उक्त ऐतिहासिक घोषणाले नेपालका भलिबल खेलाडीलाई उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे।

images
images

आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौंको मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने बताए।

साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले  पञ्चायती व्यवस्थाविरूद्ध कठोर संघर्ष गर्दै २०४६ सालको जनआन्दोलनसम्म आउँदा उनले संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए। उनले भने, 'वैचारिक र सांगठनिक भूमिकाको इतिहासमा प्रधान सधैँ प्रेरणादायी हुनुहुन्छ, रहनुहुन्छ।'

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले महत्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडीलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीलाई पुरस्कृत गर्दै आएको बताए। रासस


प्रकाशित : आइतबार, असार ९ २०८११७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend