आइतबार, भदौ २३ गते २०८१    
images
images
आर्थिक वर्ष २०८०/०८१

फस्टाउँदो हवाई उद्योग : ११ महिनामा भित्रिए ६ जहाज, एउटा भित्रिँदै

बुद्ध र श्रीले भारतका विभिन्न सहरमा उडान गर्दै

images
मंगलबार, असार ११ २०८१
images
images
फस्टाउँदो हवाई उद्योग : ११ महिनामा भित्रिए ६ जहाज, एउटा भित्रिँदै

हेलिकोप्टर सेवाबाट आन्तरिक उडान (फिक्सविङ सेवामा) प्रवेश गरेको श्री एयरलाइन्सले पनि जहाज संख्या ११ वटा बनाएको छ।

images
images

काठमाडौं- यही साता बुद्ध एयरले एउटा 'एटीआर ७२' जहाज नेपाल भित्र्याउँदै छ। योसँगै बुद्ध एयरसँग १८ वटा जहाज हुने छ। बुद्धसँग ३ वटा एटीआर ४२ र १५ वटा एटीआर ७२ जहाज हुने छ।  

images
images
images

यसअघि बुद्ब एयरले गएको कात्तिक १० गते एटीआर ७२ जहाज भित्र्याउँदै जहाज संख्या १७ बनाएको थियो। बुद्धले फेरि एउटा जहाज थप्दै १८ वटा जहाज बनाउन लागेको हो। 

बुद्धले जहाज थपेसँगै धनगढी उडान संख्या बढाउने तयारी गरेको छ। बुद्धले अहिले धनगढीमा दुईवटा उडान गरिरहेकोमा त्यसलाई बढाएर तीनवटा पुर्‍याउने छ। योसँगै बुद्ध एयरले भारतको सिक्किम र गुहावटीमा समेत उडानको तयारी गरिरहेको छ। बुद्ध एयरले भारतको दुई गन्तव्यमा उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिने तयारी गरेको छ।  

आन्तरिक उडानसँगै बुद्धले भारतको बनारससमेत उडान गरिरहेको छ। बुद्ध एयर अहिले नेपालमा सबैभन्दा बढी उडान गर्ने एयरलाइन्स हो। बुद्धको बजार हिस्सा २०२४ को तीन महिनामै ६३.५० प्रतिशत पुगेको थियो।

images
buddha.jpg

बुद्ध एयरले सन् २०२४ को ३ महिनामै ६ लाख ४८ हजार २ सय ६५ यात्रुलाई सेवा दिएको छ। बुद्ध एयरले अहिले काठमाडौंबाट माउन्टेन उडानसहित धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, विराटनगर, भद्रपुर र तुम्लिङटारमा उडान गरिरहेको छ। यसैगरी पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जमा समेत उडान गरिरहेको छ। 

हेलिकोप्टर सेवाबाट आन्तरिक उडान (फिक्सविङ सेवामा) प्रवेश गरेको श्री एयरलाइन्सले पनि जहाज संख्या ११ वटा बनाएको छ। साथै श्रीसँग ८ वटा हेलिकोप्टरसमेत छ। कुल श्रीसँग १९ वटा वायुयान भएको छ। वायुयानको आधारमा सबैभन्दा ठूलो एयरलाइन्स श्री बनेको छ। श्रीसँग ४ वटा सिआरजे र ७ वटा क्यू ४०० ड्यास ८ जहाज छन्। 

श्रीले पछिल्लो समय सिआरजे जहाज थप्ने निर्णयसँगै क्यू ४०० ड्यास ८ जहाज नेपाल भित्र्याउँदै आएको छ। यी जहाज ८० सिट क्षमताका हुन्। श्रीले सातौँ नम्बरको क्यू ४०० ड्यास ८ जहाज असार ७ गते शुक्रबार काठमाडौं ल्याण्ड गराएको थियो। थप भएको जहाजबाट श्रीले भारतको दुईवटा सहर र भरतपुरमा उडान गर्ने अन्तिम तयारी गरेको छ।

shree.jpg

यसअघि श्रीले गएको चैत १३ गते एकैपटकमा २ वटा क्यू ४०० ड्यास ८ जहाज नेपाल भित्र्याउँदै १० जहाज र ८ हेलिकोप्टर गरी वायुयान संख्या १८ बनाएको थियो। सुरुमा श्रीले काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी तथा पर्वतीय उडानमा नियमित रूपमा हवाई सेवा सञ्चालन गरेको थियो।

अहिले श्रीले काठमाडौंबाट माउन्टेन उडानसहित धनगढी, सुर्खेत, नेपालञ्ज, भैरहवा, विराटनगर र पोखरा उडान गरिरहेको छ। श्रीले नेपालगञ्जबाट मानसरोवरका लागि माउन्टेन उडान पनि गरिरहेको छ। श्रीले अहिले चितवनको भरतपुरमा उडानको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। श्रीले पोखराबाट पूर्व र पश्चिममा माउन्टेन उडान गर्ने तयारीसमेत गरेको छ। श्रीले योसँगै भारतको अहमवाद, कोलकाता र जयपुर उडानको तयारी गरेको छ।

आन्तरिक उडानमा रहेको यती एयरलाइन्स पोखरामा उडानको क्रममा एटीआर ७२ जहाज दुर्घटनासँगै आर्थिक संकटमा फसेको थियो। संकट भोगिरहेको बेला जहाज दुर्घटनापछि यती एयर आर्थिक संकटमा फसेको थियो। देशभरका विमानस्थलमा विमानस्थल सेवा शुल्क वापतको रकम भुक्तानी गर्न सकेको थिएन। 

yeti.jpg

६ वटा एटीआर जहाजमध्ये एउटा दुर्घटना भएपपछि यतीको जहाज संख्या पाँचवटा भएको थियो। पाँचवटा जहाज भएको यती एयर संकटबाट माथि उठन कोसिस गरिरहेको थियो। त्यही क्रममा यती ग्रुपमा अध्यक्ष सोनाम शेर्पाले लगानीकर्ता भित्र्याउने निर्णय गरेका थिए। सञ्चालनको २५ वर्षपछि यती एयरमा ४९ प्रतिशत सेयर स्वामित्वमा एसियन लाइफ इन्सोरेन्स कम्पनी प्रवेश गरेको थियो।

करिब पौन २ अर्बको लगानीसहित एसिएन लाइफ इन्सोरेन्स कम्पनी यती एयरमा प्रवेश गरेको हो। एसियनको प्रवेशसँगै एयरलाइन्सले जहाज खरिद गरेर सेवा विस्तारको लक्ष्य लिएको छ। सोही क्रममा यती एयरले २०८० को माघ १८ गते एकैपटक २ वटा एटीआर ७२ जहाज भित्र्याउँदै जहाज संख्या ७ वटा बनाएको थियो।

यतीले फेरि ३ वटा जहाज थप्ने तयारी गरेको छ। बजार विस्तारसँगै यतीले सर्वसाधरणलाई आईपीओ समेत जारी गर्ने तयारी गरिरहेको छ। यतीसँग भएका सबै जहाज एटीआर ७२ जहाज हुन्। यतीले अहिले काठमाडौंबाट माउन्टेन उडानसहित नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर, विराटनगर र भद्रपुरमा उडान गरिहेको छ। यात्रु संख्यको हिसाबमा यती दोस्रो ठूलो कम्पनी हो।

११ महिनामै ६ भित्रिए, एउटा यसैसाता आउँदै

भन्सार विभागका अनुसार चालु आवको ११ महिनामै  ६ वटा जहाज भित्रिएका छन्। जसमा श्रीले ३ वटा र यतीले २ वटा जहाज भित्र्याइसकेका छन्। बुद्धको एउटा जहाज आइसकेको छ भने एउटा यसै साता आउँदै छ। सम्रगमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ७ वटा जहाज भित्रिने छन्।

११ महिनमा भित्रिएका ६ वटा जहाजको मूल्य ६ अर्ब ४७ करोड ३० लाख २९ हजार रुपैयाँ रहेको छ। जहाज नेपाल भित्रिँदा सरकारले ९१ करोड ४६ लाख ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

हवाई यात्रुको संख्या बढेसँगै हवाई उद्योग विस्तार हुँदै छ। सहयोगमा पाएको दुईवटा वायुयानबाट उडान सुरु भएको नेपालको नागरिक उड्डयन क्षेत्रमा अहिले २२ वटा कम्पनी सञ्चालनमा छन्। सञ्चालनमा रहेको गुण एयर भने बन्द भएको छ।

यातायातका लागि सडक मार्गभन्दा हवाई मार्ग सुरक्षित र भरपर्दो मानिन्छ। त्यसमा पनि देशभरको राजमार्ग विस्तारसँगै सडकको यात्रा कष्टकर भएको बेला हवाई यात्रा अनिवार्य जस्तै भएको छ।

स्टल उडान गर्ने जहाजको संख्या भने घट्दो छ। हेलिकप्टर र ट्रंक रुटमा उडान गर्ने जहाजको संख्या भने बढ्दो छ। हवाई यात्रुको संख्या बढेसँगै हवाई कम्पनीले पनि लगानी विस्तार गरिरहेका छन्। 

स्टल उडानमा रहेको तारा एयरसँग तीन वटा, समिटसँग चार र सीतासँग तीनवटा जहाज छन्। सीतासँग रहेको तीनवटा जहाजमध्ये एउटा उडानयोग्य छैन।  

यसैगरी सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले आन्तरिक उडानमा दुईवटा ट्वीनअटर जहाज सञ्चालन गरिरहेको छ। एउटा ट्वीनअटर जहाज भने ११ वर्षदेखि ग्राउन्डेड छ।

यसैगरी नेपाल एयरलाइन्सको ५ वटा चिनियाँ जहाज बिक्री प्रक्रियामा छ भने तीनवटा स्टल उडानका लागि निगमले जहाज खरिद गर्दै छ। यसबाहेक निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज छ।

यसैगरी अन्तर्राष्ट्रिय उडानमा नै रहेको स्वदेशी कम्पनी हिमालय एयरलाइन्ससँग चारवटा जहाज छन्। यस्तै कतिपय हेलिकप्टर कम्पनी र जहाज कम्पनी पाइपलाइनमा रहेका छन्।


प्रकाशित : मंगलबार, असार ११ २०८१०७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend