सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

राष्ट्रियसभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित

images
आइतबार, असार ९ २०८१
images
राष्ट्रियसभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गरेका हुन्।

images
images

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक-२०८१’ पेस भएको छ।

images
images
images

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गरेका हुन्। राष्ट्रियसभाको आज बसेको बैठकमा उक्त विधेयक सर्वसहमतिबाट पारित भएको छ।

images
images

नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउन उचित कानूनी व्यवस्था गर्ने, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने जिम्मेवारीका साथ संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा तोकिएका निकायहरुसँग आवश्यक समन्वय गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ।

images
images

राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न १:१५ बजे बस्नेछ। रासस


प्रकाशित : आइतबार, असार ९ २०८११६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend