शनिबार, भदौ २९ गते २०८१    
images
images

मुख्यसचिव अर्याल निलम्बित, राजीनामा नदिए के हुन्छ?

images
आइतबार, असार ९ २०८१
images
images
मुख्यसचिव अर्याल निलम्बित, राजीनामा नदिए के हुन्छ?
images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यो मुद्दा दर्तासँगै अर्याल स्वत: निलम्बित भएका छन्। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए उक्त व्यक्ति स्वतः निलम्बन हुने व्यवस्था रहेको छ।

बहालवाल मुख्यसचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि प्रशासन संयन्त्र तरंगित बनेको छ। अर्याल निलम्बनमा कायमै रहेर राजीनामा नदिएको अवस्थामा तत्कालका लागि सरकारले निमित्त मुख्यसचिवको जिम्मेवारी अरु सचिवलाई तोक्न सक्नेछ। 

यस्तोमा सामान्यत: प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत सचिवमध्येबाट एकजनालाई जिम्मेवारी तोक्नसक्ने व्यवस्था छ। तर कायममुकायम मुख्यसचिवका लागि भने मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्ने हुन्छ। यसका लागि सामान्यत: मूल्यांकनको प्रक्रिया अबलम्बन हुनेछ। कायममुकायम मुख्यचिवका लागि वरिष्ठतमबाटै गर्नुपर्ने प्रशासन विज्ञहरूले बताएका छन्। 

images

अर्यालले राजीनामा दिएको अवस्थामा मुख्यसचिव या कायममुकायम मुख्यसचिव हुनका लागि विशेषगरी तीनजना सचिव अगाडि देखिएका छन्। जसमा राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, गृहसचिव एकनारायण अर्याल र सञ्चारसचिव रामकृष्ण सुवेदी छन्। सुवेदी माओवादीनिकट मानिन्छन् भने ज्ञवाली र अर्याल एमालेनिकट हुन्। 


प्रकाशित : आइतबार, असार ९ २०८११६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend