मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

काठमाडौँमा वर्षा, चन्द्रागिरिमा हिमपात

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
images
images
काठमाडौँमा वर्षा, चन्द्रागिरिमा हिमपात

रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो। चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो। हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ। 

images
images

काठमाडौं-राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ।

images
images

रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो। चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो। हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ। 

images
images

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए। चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ।

images
images
images

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ। देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ। रातिदेखिको वर्षा अहिले पनि जारी छ। वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ।
रासस


प्रकाशित : बुधबार, पुस १४ २०७८०४:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend