सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

११ महिनामा भित्रियो ३२ करोड ३९ लाख रुपैयाँ बराबरको १ लाख ५४ हजार विद्युतीय चुलो, छैन गुणस्तर परीक्षणको मापदण्ड

images
आइतबार, असार ९ २०८१
images
११ महिनामा भित्रियो ३२ करोड ३९ लाख रुपैयाँ बराबरको १ लाख ५४ हजार विद्युतीय चुलो, छैन गुणस्तर परीक्षणको मापदण्ड

हाल नेपाली बजारमा आधा दर्जनभन्दा बढी कम्पनीका विद्युतीय चुलो पाइन्छन्। तीमध्ये अधिकांश चिनियाँ ब्रान्डको चुलो आयात भइरहेको छ।

images
images

काठमाडौं- नेपाली उपभोक्ताबीच विद्युतीय चुलो लोकप्रिय बन्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा नेपालले १ लाख ५४ हजारभन्दा बढी विद्युतीय चुलो भित्र्याएको छ। जसमा सबैभन्दा बढी इन्डक्सन चुलो रहेको छ। 

images
images
images

विभागका अनुसार ११ महिनामा १ लाख ८ हजार ९ सय ६९ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको छ। यसैगरी ४४ हजार ७ सय ५५ वटा इन्फ्रारेट र अन्य चुलो १ हजार ७४ वटा रहेको छ। विभागका अनुसार कुल १ लाख ५४ हजार ७ सय ९८ वटा विद्युतीय चुलो नेपाल भित्रिएको छ।

images
images

विभागका अनुसार चुलो आयातमा ३२ करोड ३९ लाख ६७ हजार रुपैयाँ विदेशिएको छ। यसैगरी चुलो आयातबाट सरकारले ४ करोड ६२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। चुलोको प्रयोगकर्ता बढेपनि गुणस्तरमा भने सरकारले कुनै चासो दिएको छैन।

images
images

बजारमा रहेका कुनै पनि चुलोको गुणस्तर परीक्षण हुने गरेको छैन। इन्डक्सन र इन्फ्रारेड चुलोको प्रयोग बढ्दै गए पनि व्यवसायीहरूले गुणस्तर परीक्षण नै नभएका चुलो आयात गरी बिक्री गरिरहेका छन्। नेपालमा विद्युतीय चुलो परीक्षणको मापदण्ड नबन्दा गुणस्तर परीक्षण नभएका चुलो प्रयोग गर्न उपभोक्ता बाध्य भएका हुन्। 

हाल नेपाली बजारमा आधा दर्जनभन्दा बढी कम्पनीका विद्युतीय चुलो पाइन्छन्। तीमध्ये अधिकांश चिनियाँ ब्रान्डको चुलो आयात भइरहेको छ।

के नेपालमा आयात भइरहेका इन्डक्सन चुलोको गुणस्तर परीक्षण हुन्छ? कस्ता चुलो आइरहेका छन्? के अन्य देशमा पनि इन्डक्सन चुलोको गुणस्तर परीक्षण हुन्छ वा हुँदैन? के निर्माता कम्पनीले जस्तो गुणस्तरको उत्पादन गरेको छ उही गुणस्तरको सामान आयात गरेर बिक्री गर्न पाइन्छ? 

पछिल्लो सयमा नापतौल तथा गुणस्तर विभागले चुलोमा न्यूनतम मापदण्ड जारी गरेको छ। तर कार्यान्वयनमा छैन। विद्युतीय चुलोमात्रै नभइ नेपालले आयात गर्ने सबै प्रकारका विद्युतीय उपकरणको निगमनका लागि नेपाल स्टार्न्डर्ड बनाउनुपर्छ। तर अहिलेसम्म उत्पादक कम्पनीले जुन गुणस्तर भनेर घोषणा गरेका छन्, सोहीअनुसार आयात हुँदै व्यापार भइरहेको छ। 

एलपी ग्यासको नियमन सुरु भएसँगै ग्यास दुर्घटना कम भएको थियो। अब विद्युतीय चुलोको नियमनका लागि कानूनी व्यवस्था गर्दै नागरिकलाई सुरक्षित हुने आभास दिनुपर्छ। 


प्रकाशित : आइतबार, असार ९ २०८११७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend