सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

इक्विटी डेभलपर्सले सार्वजनिक गर्‍यो सहजै जग्गा किन्न सकिने योजना

images
आइतबार, असार ९ २०८१
images
इक्विटी डेभलपर्सले सार्वजनिक गर्‍यो सहजै जग्गा किन्न सकिने योजना

महिनामा २० हजार आम्दानी गरिरहेको व्यक्तिले समेत घर खर्च कटाएर जग्गा जोड्न सक्ने स्किम इक्विटीले ल्याएको छ।

images
images

इटहरी- इक्विटी डेभलपर्स प्रालिले दैनिक खर्चलाई सम्पत्तिमा रूपान्तरण गर्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको छ। शनिबार विराटनगरको बिग होटेलमा इक्विटीले साना बचतबाट सम्पत्ति जोड्न सकिने योजना सार्वजनिक गरेको हो।

images
images
images

महिनामा २० हजार आम्दानी गरिरहेको व्यक्तिले समेत घर खर्च कटाएर जग्गा जोड्न सक्ने स्किम इक्विटीले ल्याएको छ।

images
images

मोरङको सुन्दरहरैचा, कानेपोखरी र ग्रामथानमा आकर्षक प्लटहरू व्यवस्थापन गरेको इक्विटीले जग्गा बुकिङ गरेपछि पास गर्न नसक्नेको लागि विशेष व्यवस्था मिलाएको बताएको हो। बुकिङ गरेपछि तीन महिनाभित्र लिखित जानकारी गराएको अवस्थामा, प्रत्येक महिनामा चार वटा बुकिङ रकम फिर्ता गरिने योजनामा उल्लेख छ। 

images
images

कुनै पनि सेवाग्राहीको पास खर्च नलाग्ने र कसैले तीन वर्षमा जग्गा बिक्री गर्न चाहेमा पहिलेकै मूल्यमा जग्गा इक्विटीले जग्गा फिर्ता गरिदिने कम्पनीका प्रबन्ध निर्देशक पर्वत दाहालले बताए। उनका अनुसार जग्गा खरिद गर्दा सुरुमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने र बाँकी ६० प्रतिशतको लागि कम्पनीले बैंकसँग सहकार्यको वातावरण मिलाउँछ। कम्पनीबाट जग्गा खरिद गर्नेको लागि सम्पूर्ण बैंकिङ डकुमेन्टको जिम्मा कम्पनीले लिने उनले प्रष्ट पारे।

सामान्य निम्न तथा निम्न मध्यम वर्गका नागरिकको लागि अचल सम्पत्ति जोड्ने अवसरको रुपमा इक्विटीले कार्यक्रम ल्याएको दाहालले जानकारी दिए। मूल्यको २ प्रतिशत मात्रै भुक्तानी गरेर पनि बुकिङ गर्न सकिने बताउँदै उनले घरैबाट सम्पूर्ण कारोबार गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको बताए। 


प्रकाशित : आइतबार, असार ९ २०८११०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend