सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

कार्बाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ९ २०८१
images
कार्बाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

'डिभिजन कार्यालय झापा, पोखरा, उदयपुर, हेटौँडा, सप्तरीलगायत ठाउँमा अहिले नियमित तालिका नै बनाएर अनुगमन भइरहेको छ'

images
images

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्बाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ।

images
images
images

खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्बाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले कार्बाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिइन्। 

images
images

यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्बाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोधसमेत गरेको छ।

images
images

देशभरका कार्यालयहरुबाट अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ। विभिन्न जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरूले तरकारी तथा फलफूलजन्य पदार्थहरूको चेकजाँचमा सक्रियता जनाएका महानिर्देशक वैद्यले बताइन्।

'डिभिजन कार्यालय झापा, पोखरा, उदयपुर, हेटौँडा, सप्तरीलगायत ठाउँमा अहिले नियमित तालिका नै बनाएर अनुगमन भइरहेको छ' उनले भनिन्।

खाद्य तथा पेयपदार्थ एवं होटेल रेष्टुरेन्टको अनुगमन तथा चेकजाँच वर्षभरि नै भइरहने भए पनि मौसमी फलफूलहरूको सिजनमा कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्रीवितरण निषेध गरिएको कार्बाइडको प्रयोग रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक वैद्यको भनाइ छ। 


प्रकाशित : आइतबार, असार ९ २०८१०९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend