शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर लगानीकर्ताको आकर्षणमा पुनर्बीमा कम्पनी, चुक्ता पुँजी बढाउन हकप्रदको नीति (यस्तो छ प्राविधिक विश्लेषण)

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
images
सेयर लगानीकर्ताको आकर्षणमा पुनर्बीमा कम्पनी, चुक्ता पुँजी बढाउन हकप्रदको नीति (यस्तो छ प्राविधिक विश्लेषण)
images
images

काठमाडौं- बजार घट्दा पनि नेपाल पुनर्बीमा कम्पनी (एनआरआइसी) को सेयरमा लगानीकर्ताको आकर्षण रहेको छ। जसका कारण साताको तेस्रो दिन नेप्से परिसूचक २ अंकले घटे पनि एनआरइसीको सेयर भने प्रतिकित्ता ६.६० रुपैयाँले बढेर १२८७ रुपैयाँ कायम भएको छ। 

images
images
images

एनआरआइसी मंगलबार धेरै कारोबार हुने कम्पनीको सूचीमध्ये तेस्रो नम्बरमा रहेको छ। जसको प्रतिकित्ता १२८७ रुपैयाँमा ९९ हजार ७ सय ४३ कित्ता बराबर १२ करोड ८४ लाख ९१ हजार ९ सय ३९ रुपैयाँको कारोबार भएको छ। 

images
images
nric.PNG

कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणको नाममा आईपीओ जारी गरको थियो। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम २०१० रुपैयाँमा कारोबार भएको थियो। भने न्यूनतम ११२२ रुपैयाँ कारोबार भएको थियो। कम्पनीको नेप्सेमा १० करोड कित्ता सेयर सूचीकृत रहेको छ। भने १० अर्ब चुक्ता पुँजी रहेको कम्पनीको बजार मूल्यांकन १ खर्ब २८ करोड ७० लाख रुपैयाँ पुगेको छ। 

images
images

कम्पनीले गत वर्षको नाफाबाट १९ प्रतिशत लाभांश दिएको छ। जसमा १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश दिएको छ। 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९१ करोड १६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जसमा ननलाइफको तर्फबाट ८२ करोड ५० लाख ७७ हजार रुपैयाँ नाफा कमाएके थियो। भने लाइफको तर्फबाट ९ करोड १६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी पनि १५६.९९ रुपैयाँ रहेको छ। 

कम्पनीको चुक्ता पुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरीसमेत छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने नीतिसमेत लिएको छ।

नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत अनुमति पाएर सञ्चलानको तयारीमा रहेको छ। 


प्रकाशित : बुधबार, पुस १४ २०७८०१:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend