मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

पूर्वाधारमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन-पोखरा सडक अनुगमन, बाँकी कामलाई तीव्रता दिन निर्देशन

images
शनिबार, असार ८ २०८१
images
images
पूर्वाधारमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन-पोखरा सडक अनुगमन, बाँकी कामलाई तीव्रता दिन निर्देशन

मन्त्री रघुवीर महासेठले मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका-१ डुम्रेसम्म अनुगमन गरेका हुन्।

images
images

तनहुँ- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाको आज अनुगमन गरेका छन्। महासेठले मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका-१ डुम्रेसम्म अनुगमन गरेका हुन्।

images
images

त्यस क्रममा महासेठले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले पूर्वी खण्डको म्याद सकिएर पुनः थप भएकाले थपिएको म्यादभित्रै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सुझाव दिए।

images
images

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पौडेलले आँबुखैरेनीदेखि जामुनेसम्म ६२ प्रतिशत प्रगति भएको जानकारी दिए। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।

images
images
images

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ। 

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रूपैयाँमा लागेको छ। रासस


प्रकाशित : शनिबार, असार ८ २०८११८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend