बिहीबार , मंसिर ६ गते २०८१    
images
images

किया र एमजीले त्यस्तो के गरे, जे फोर्ड र फक्सवागनले गर्न सकेनन्?

अमेरिकी र युरोपेली कार निर्माताले भारतमा गरेका ६ कमजोरी

images
आइतबार, असार ९ २०८१
images
images
किया र एमजीले त्यस्तो के गरे, जे फोर्ड र फक्सवागनले गर्न सकेनन्?

यसबाट के स्पष्ट हुन्छ भने युरोपेली कार निर्माताहरुले ‘अमेरिकी हुनबाट’ बच्न उनीहरुको एसियाली प्रतिस्पर्धीबाट धेरै सिक्न जरुरी छ।

images
images

काठमाडौं- अमेरिकी कार ब्रान्ड फोर्डका कार भारतमा निकै रुचाइएको थियो। भारतीय बजारमा आएका अमेरिकी तथा युरोपेली कार प्रति त्यहाँका उपभोक्ता आकर्षित थिए। मूल्यका कारण तत्काल खरिद गर्न नसकेपनि किन्ने योजना/सपना धेरैले पाल्थे। 

images
images
images

भारत महाराष्ट्रका अशोक सोलंकी त्यस्तै मध्येका एक थिए र उनले २०१० मा फोर्डको फिगो ह्याचब्याक कार किने। त्यसपछि उनले फोर्डकै अर्को कार इकोस्पोर्ट किने। तर २०२१ मा फोर्डले भारतमा गरिरहेको उत्पादन प्लान्ट बन्द गर्ने निर्णय गरेको थियो।

images

यद्यपी फोर्डले सर्भिस र स्पेयरपार्ट उपलब्ध गराउने आफू मजबुत रुपमा अडिग रहेको बतायो। तथापी सोलंकीजस्ता लोयल उपभोक्ताहरुको मुड परिपर्तन भएको छ। 

images

सोलंकी जस्ता हजारौँ उपभोक्ताहरु अन्य ब्रान्डतर्फ लागेका छन्। फोर्डको इन्डेभर किन्ने योजना बनाएका उपभोक्ता उपयुक्त ब्रान्डको खोजीमा छन्।

अमेरिकी कार निर्माताहरुको ‘भारत वितग’ त्यति गौरव गर्न लायक हुन सकेन। २०२१ मा फोर्डभन्दा पहिले अर्को अमेरिकी कम्पनी जनरल मोटर २०१७ मा भारतबाट फर्किएको थियो।

हाल भारतमा स्टेलेन्टिसको स्वामित्वमा रहेको अमेरिकी ब्रान्ड जिपमात्र भारतमा उत्पादन र बिक्री गरिरहेको सवारी उत्पादक कम्पनी हो। जिप पनि भारतमा सीमित सेगमेन्टका कार उत्पादन गरेर अस्थित्व बचाउमा रहेको छ। 

अमेरिकी कार ब्रान्डमात्र होइन युरोपेली कार ब्रान्डको हालत पनि उस्तै छ भारतमा। रेनो-निसान अलाइन्स, प्युजो-सिट्रोन र स्कोडा-फक्सवागनको साझेदारी पनि फस्टाउन सकिरहेको देखिँदैन। मारुती सुजुकी, हुन्डाई मोटर इन्डिया, किया हुन् वा भारतीय कम्पनीहरु टाटा मोटर्स, महिन्द्राका अगाडि यी सबै ‘चाउरीएका’ छन्।

उदाहरणका लागि एफवाई२४ मा स्कोडा अटोको बजार हिस्सा १.०६ प्रतिशत, फक्सवागनको १.०२ प्रतिशत, रेनो इन्डियाको १.१ प्रतिशत बजार हिस्सा रहेको छ। पीएसए मोटरको सिट्रो र एफसीए इन्डियाको जिपको ०२४ को बजार हिस्सा क्रमशः ०.२ र ०.१ प्रतिशत रहेको छ। 

यसको निचोड किन अमेरिकी र युरोपेली कार ब्रान्डले भारतीय आम कार उपेभाक्तालाई आकर्षित गर्न सकेन? यसबारेमा द इकोनोमिक टाइम्सले आफ्नो प्रिमियम संकरणमा कारणहरुसहितको व्याख्या गरेको छ। उक्त व्याख्यामा ६ वटा विषयलाई कारणका रुपमा प्रस्तुत गरिएको छ। 

indian auto.PNG

पहिलो कारण- उपभोक्ता अआकर्षण 

जतिबेला भारतमा अमेरिकी र युरोपेली ब्रान्डहरु आएको थिए, त्यतिबेला भारत आफैमा सानो कार बजार थियो। त्यतिबेला भारतमा कारको औषत मूल्य ४ लाख भारुभन्दा कम थियो। तर आज यो बढेर १२ लाख भारु नजिक पुगिसकेको छ।

त्यतिबेला अमेरिकी र युरोपियन सवारी निर्माताले भारतीय उपभोक्ताको आवश्यकतालाई उचित सम्बोधन गर्न नसकेको एसपी ग्लोबल मोबिलिटीका अटोमोटिभ डिरेक्टर पुनीत गुप्ताले बताए। 

अमेरिकी र युरोपियन कार निर्माताको प्रोडक्ट पोर्टफोलियो भारतीय उपभोक्ताको किन्ने क्षमता, अपेक्षा र स्वीकार्यताभन्दा निक्कै फरख खालेको थियो।

‘अमेरिकी कार उत्पादकले भारतमा कारको मूल्य पनि मुद्दा बन्न भनेर चासो नै दिएनन्। उनीहरुले जे ब्रान्ड र उत्पादन लिएर बजारमा आउँछन् त्यो विश्व बजारमा सफाल उत्पादन र ब्रान्ड हो भन्ने मात्र सोचे,’ एक अनुसन्धान संस्थाका संस्थापक विनय के पिपरसानियाले भनेका छन्। 

कारमा हुने एयर कन्डिसन, पावर विन्डो, सिटबेल्ट, एडभान्स्ड रेडियो सिस्टमलगायत विशेषताहरु फोर्डका कारमा थिए तर यो भारतमा चर्चित हुन सकेन। अमेरिकी र युरोपेली कार उत्पादकहरुले यसलाई स्थानीयकरण गर्न सकेनन् वा कम बिक्रीका कारण उत्पादकले यसको अर्थशास्त्र निर्माण गर्न सकेन।

यिनीहरुको तुलनामा २०१७ मा भारत प्रवेश गरेको दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले उत्पादनको अर्थशास्त्र निर्माण गरिसकेको छ भने बिक्री च्यानबाट त्यो पुष्टि भइ पनि सकेको छ। कियाको माउ कम्पनी हुन्डाई मोटर किया भारतमा आउँदा स्थापित भइसकेको थियो। 

हुन्डाईसँगको प्लेटर्फम र सप्लायरको साझेदारी कियालाई लाभ भने मिलेको थियो। हुन्डाई क्रेटा र किया सेल्टोस, किया सोनेट र हुन्डाई भेन्यू प्लेटफर्म साक्रेदारीका उदाहरण हुन्। एमजी मोटर इन्डियालाई पनि चिनियाँ कम्पनी एसएआईसी मोटरबाट मिलेको साथले राम्रै राहत दिएको हो।

बेलायती ब्रान्ड एमजीको स्वामित्व एसएआईसीमा छ। यो विश्वको ठूलो मध्येको एक कम्पनी हो। बजारको आवश्यकता र उपयुक्त मूल्यमा ल्याउन सकेकाले एमजीको मिडसाइज एसयूभी भारतमा चल्न सकेको गुप्ताको भनाइ छ। यही कुरा अमेरिकी र युरोपेली कार उत्पादकमा भेटिएन। 

दोस्रो कारण- लागत संरचना 

युरोपेलीहरु आफ्नो उत्पादन लागत केही बढी नै हुँदा पनि फरक नपर्ने ठान्छन्। यसले लागत संचरना ठूलो बनाउँछ। यसले उनीहरु कसरी आफ्नो व्यवसाय चलाउँछन् भन्ने देखाउँछ।

युरोपेली र अमेरिकीको तुलनामा कोरियन र जापानीहरु कल्चरल्ली मूल्य प्रति चनाखो हुन्छन्,’ एक्सपेरियल इन्डिया (ब्रान्डिङ एन्ड मार्केटिङ स्ट्राटेजी कन्सल्ट्यान्सी)का सहसंस्थापक अभिक चटोपाध्यायले भने।

युरोपेलीहरुले आफ्नो गृहदेशमा व्यापक रुपमा अनुसन्धान र विकास तथा इन्जिनियरिङको काम गरेका हुन्छन्। 

यो काममा ठूलो खर्च हुन्छ। यही खर्च उत्पादनमा जोडिने भएकाले जापानी र कोरियन कारको तुलनामा समान विशेषता भएका युरोपेली कार महँगो भएको हो। भारतमा कार बनाउँदा युरोपेली कार निर्माता कम्पनीहरुले अधिकांश सामान उतैबाट ल्याउने गरेकाले पनि सवारीको लागत बढी पर्दै आएको हो। 

तेस्रो कारण- ब्रान्ड विल्डिङमा कमी 

युरोपेली कार निर्माताहरु मर्सिडिज बेन्ज, अउडी वा बीएमडब्लूको जस्तै उच्च कदको भन्ठान्छन्। सोही कारण भारत जस्तो स्थानीय बजारमा ब्रान्ड विल्डिङका लागि खासै केही गर्दैनन्।

भारतीय उपभोक्ता उहीहरुलाई पर्खिरहेको ठान्छन् र त्यहीअनुसार ब्रान्ड विल्डिङमा नभइ उत्पादन बिक्रीमा निस्कने कारण नै युरोपेली र अमेरिकी कार निर्माताहरुले सोचेजस्तो गर्न नसकेको चटोपाध्यायको भनाइ छ। 

‘आम उपभोक्तालाई ब्रान्डको इतिहास बताउँन जरुरी छ। जस्तो कि पछिल्लो पटक सिट्रोनले केही कस्टुमर बेस बनाएको छ,’ उनले भने, ‘जर्नमीको अटोमोबाइल ‘पावरहाउस’ फक्सवागनले केही सवारीमार्फत सिंगो ब्रान्ड बुझाउन खोज्यो। यो यात राम्रोसँग भनिस सकेन वा महँगो भयो।’ यो जे काम फक्सवागनले गरेको हो त्यसले काम गरेन। 

चौथो कारण- बिक्री पछिको सेवा 

युरोपेली र अमेरिकी कार निर्माताहरुले भारतीमा निक्कै महत्वपूर्ण मानिएको बिक्री पछिको सेवालाई सुरुवाती समयमा त्यति धेरै ध्यानमा नराखेको विज्ञहरुको बुझाइ छ।

एसियामा सेवामा आधारित अर्थतन्त्र बलियो छ। जापानी र कोरियन कार निर्माताले कारको बिक्री पछिको सेवालाई बलियो बनाउनु पर्ने कुरालाई जोड दिए। जहाँ अमेरिकी र युरोपेलीहरु चुके। 

युरोप विशेष गरि उत्पादले नेतृत्व गरेको अर्थतन्त्र हो। तर अमेरिकामा बलियो बिक्री पछिको सेवा नेटवर्क भएपनि भारतको हकमा उनीहरु त्यसरी नै बलियिो हुन सकेनन् सुरुवाती दिनमा। परिणमतः उनीहरुको भारत यात्रा दीर्घ हुन सकेन। 

indian auto.PNG

पाँचौँ कारण- बजार प्रतिको बुझाइ गलत

जनरल मोटर र फोर्ड दुवै अनि उनीहरुको युरोपेली प्रतिस्पर्धीहरुको बुझाइ केमै अड्कि रह्यो भने भारतमा रहेको आफ्नो प्लान्ट र त्यहाँको सञ्चालन सानो छ। युरोपेली र अमेरिकीले चीन, रुस र मेक्सिकोमा गर्ने लगानीको तुलनामा भारतमा निक्कै कम लगानी बढाउने योजना बनाइरहे वा कम गरे। 

उनीहरुको समग्र ध्यान बिक्री संख्यामै केन्द्रित देखियो। बिक्रीमा दख्खल भएकाहरुलाई नै कम्पनीको नेतृत्व सुम्पिइयो।

यस्ता नेतृत्वहरुको ध्यान बिक्री बढाउन महिना वा तीन महिनामा मिटिङ गरिरहने मै हुन्छ र बिक्री संख्या तय भइरहन्छ। तर सवारीका लागि त्यो पनि सेवामा बढी ध्यान दिने एसियाली बजारमा बिक्री पछिको सेवा र ब्रान्डको विकासमा आउट सोर्सिङमै निर्भर हुने।

यही कारण अमेरिकी र युरोपेली सवारी उत्पादकले भारतीय बजार र उपभोक्तानको चाहना र आवश्यकतालाई बुझ्न सकेनन्।

छैटौँ कारण- लाभ केन्द्रित कारक

व्यापारमा नाफा पहिलो र अन्तिम सर्त हो। नाफा नहुने व्यवसाय कसैले र कहिँ पनि गर्दैन। फोर्ड र जनरल मोटरको हकमा भारतीय व्यापार पनि त्यस्तै भयो। भारतीय सवारी व्यापारमा लाभ नभएपछि र भविष्यमा पनि नमिल्ने देखेपछि दुवै कम्पनी भारतबाट फर्किएका हुन्। 

अमेरिकी र युरोपेली कार निर्माताहरुलाई उनीहरुको भारत व्यापार निरन्तर घाटा उन्मुख नै रहेको बुझाइ भयो। जबकी भारत उदीयमान अटोमोबाइल बजारको अघि बढी रहेको छ भन्ने उनीहरुले नबुझेको पिपर्सानियाले बताएका छन्।

भारतीय व्यापारबाट लाभ नमिलेपछि ती कम्पनीहरुले थप लगानी गर्न र नयाँ मोडल भारतमा सार्वजनिक गर्न नियन्त्रण गर्न लागे। यसो गरेर अन्य बजारबाट जस्तो भारतबाट किन लाभ मिलेन भन्नेमै उनीहरु रुपल्लिए। परिणमतः ती कम्पनीहरुले क्रमिक रुपमा आफ्नो बजार हिस्सा गुमाउँदै गए। 

फोर्डले २०१३ मा भारतीय बजारमा नयाँ सेगमेन्ट बनाएको फोर्ड इकोस्पोर्ट भारतका लागि मात्र नभइ विश्व बजारकै लागि उत्पादन गरिरहेको थियो। यही इकोस्पोर्टले विश्व बजारमा कम्प्याक्ट एसयूभीको बिक्री बढाउन ठूलो योगदान गरेको छ।

भारत अहिलेको विश्वको अटोमोबाइलका लागि महत्वपूर्ण उदीयमान बजार हो। तर फोर्ड लाभ प्राप्तीकै लागि उत्तर अमेरिका फर्किसकेको छ। फोर्डको भारत कार्यक्रममा लगानी, लाभ र विकास सबैमा उनुत्तीर्ण सावित भएको निष्कर्ष फोर्ड व्यवस्थापनले गरेर भारतबाट बाहिरिएको थियो। यी सबै कुराले फोर्डलाई भारत छाडेर उत्तर अमेरिका र युरोप लगेको हो। 

जनरल मोटरको हकमा पनि करिब फोर्डकै जस्तो अवस्था विश्व बजारमाको उद्देश्य र लाभ हासिल नभएरै भारत छाड्ने निचोडमा पुगेको थियो। 

निष्कर्ष

साना कारको ठूलो संख्या भारतीय बजारको आवश्यकता भएको र जापानी तथा कोरियन उत्पादकले ‘त्यो भारतीय आवश्यकता’ पहिल्याएर काम गरेकाले अमेरिकी र युरोपेली कार उत्पादकलाई ‘टिक्न कठिन’ भएको हो। जापानी र कोरियन कार निर्माताको दबदबापछि उनीहरु फर्किएका हुन्। मजबुत र ठूलो आकारका कार अमेरिकी डीएनए हो। 

युरोपेली कार निर्माता रेनो र स्कोडाको भारतमा सीमित उत्पादन र सर्भिस सञ्जाल छन्। यसले उनीहरुको बजार हिस्सा कम छ भन्ने देखाउँछ।

अर्कातर्फ किया र एमजीले त्यसमा आफ्नो गति बढाइरहेका छन्। अझै उनीहरु नयाँ उत्पादन ल्याउने क्रम बढाइ नै रहेका छन्। यसले कम्पनीको उत्पादन बिक्री बढाउन र बजारमा उत्साह ल्याउन ठूलो भूमिका खेलिरहेको छ। 

एसियाली कार उत्पादकहरु भारतमा सफल हुनुको कारण नै लागत संरचना हो। उनीहरुको सवारी उत्पादन लागत नै काम छ अमेरिकी र युरोपेली उत्पादकको तुलनामा। भारतीय उपभोक्ताको आवश्यकता र खरिद क्षमताअनुसारकै मूल्य पनि तय हुँदै आएको छ।

निस्पक्ष भएर भन्दा पछिल्लो पटक स्कोडा अटो २.० ट्रान्सफर्मेसन स्ट्राटेजी अन्तर्गत भारत केन्द्रित उत्पादनमा लागेको छ। स्कोडाले कुसाक २०२१ मा भारतीय बजारमा सार्वजनिक गरेको थियो।

यो मोडल हाल भारतमा मासिक १ हजार ५ सय वटासम्म बिक्री भइरहेको छ। यसैसँग प्रतिस्पर्धा गर्ने हुन्डाई क्रेटा भारतमा मासिक १५ हजार वटासम्म बिक्री भइरहेको छ। कम्प्याक्ट एसयूभी सेगमेन्टमा क्रेटा भारतको मार्केट डिलर हो।

त्यस्तै फाक्सवागनको टाइगुन, रेनोको ट्राइबर र काइगरले भारतमा लय लिन सकेन। यसबाट के स्पष्ट हुन्छ भने युरोपेली कार निर्माताहरुले ‘अमेरिकी हुनबाट’ बच्न उनीहरुको एसियाली प्रतिस्पर्धीबाट धेरै सिक्न जरुरी छ। जसले भारतीय बजारमा आफ्नो अस्थित्व कायम राखिरहने आधार बनाइदिन्छ। 


प्रकाशित : आइतबार, असार ९ २०८१०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend