बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

‘बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनुपर्छ’

images
शनिबार, असार ८ २०८१
images
‘बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाकै रुपमा अगाडि बढाउनुपर्छ’

'प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनैरुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरुको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन', उनले भने।

images
images

गोरखा- पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष डा बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

images
images
images

आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्नसक्ने खतरा रहेको बताए।

images
images

उनले भने, 'नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाका रुपमा बन्नै सक्दैन। प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले कल्पना जुन बहुउद्देश्यीय आयोजनाको परिकल्पना गरेका छौँ, त्यो सम्भव छैन। यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ।'

images
images

बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाउन बुढीगण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्नेमा उनले जोड दिए। 'बुढीगण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकियो मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाकारुपमा बन्छ', पूर्वप्रधानमन्त्री भट्टराईले भने, 'नत्र हामीले परिकल्पना गरिएअनुसार आयोजना बन्नै सक्दैन।'

उनले वर्तमान सरकारले पनि बुढीगण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेकोसमेत बताए। 'मुख्य परियोजना बुढीगण्डकी परियोजना नै अलपत्र बन्दैछ', पूर्वप्रधानमन्त्री भट्टराईले भने, 'प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनैरुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरुको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन।'

गोरखालाई विकास र समृद्धिको मोडलकारुपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहाना रहेको भए पनि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको बताए। झट्ट हेर्दा गोरखामा बढी बजेट हालेको प्रचार भए पनि टुक्रे योजना मात्र परेको उनले बताए।

'गोरखाको पश्चिम क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने र सँगसँगै यहाँको ऐतिहासिक, सांस्कृतिक क्षेत्रलाई जोडर धार्मिक पर्यटन तथा उत्तरी गोरखालाई साहसिक पर्यटनको जुन बढी सम्भावना छ', उनले भने, 'यसलाई मिलाएर एकीकृत पर्यटनको योजना बनाउने प्रस्ताव गरेको भए पनि कुनै पनि सरकारले काम गरेन।' रासस


प्रकाशित : शनिबार, असार ८ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend