शनिबार, साउन १२ गते २०८१    
images
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

‘क्यालिब्रेसन फ्लाइट’को फाइल डेढ महिनादेखि रोकियो, परीक्षण उडान २०२१ मा कठिन

images
शुक्रबार, भदौ २५ २०७८
images
images
‘क्यालिब्रेसन फ्लाइट’को फाइल डेढ महिनादेखि रोकियो, परीक्षण उडान २०२१ मा कठिन

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको फाइल डेढ महिनादेखि अनिर्णीत भएको छ।

images

काठमाडौं- भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको फाइल डेढ महिनादेखि अनिर्णित भएको छ। 

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै क्यालिब्रेसन फ्लाइटका लागि अनुमति माग्दै संस्कृति, पर्यटन तथा नागरिक पर्यटन मन्त्रालयमा फाइल पठाएको थियो। तर विभागीय मन्त्री नहुँदा फाइल अनिर्णयमा फसिरहेको छ।

images

प्राधिकरणले ‘इन्डियन एयरपोर्ट अथोरिटीसँग क्यालिब्रेसन उडानका लागि प्रस्ताव गर्दै अनुमतिका लागि मन्त्रालयमा फाइल पठाएको थियो।

मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजान नपर्ने भन्दै प्राधिकरणमै फर्काउन तयारी गरेको छ। मन्त्रालय उच्च स्रोतका अनुसार फाइल प्राधिकरणमै फर्केको छ। तर, प्राधिकरणले भने भदौ २४ गते बिहीबारसम्म फाइल फिर्ता नभएको दाबी गरेको छ।

images

goutam C.jpg

मन्त्रालयबाट फाइल प्राधिकरणमा फर्के पनि प्राधिकरणले सिधै क्यालिब्रेसन फ्लाइटको निर्णय भने गर्न सक्दैन। क्यालिब्रेसन फ्लाइटको निर्णय प्राधिकरणको बोर्डबाट अनुमोदन हुन पर्छ।

प्राधिकरण बोर्ड अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नै हुन्छन। तर, मन्त्रालयलको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन्। पर्यटन मन्त्री बनाउन सकेका छैन।

जसका कारण बोर्ड बैठक पनि बस्ने सकेको छैन। बोर्ड बैठक बस्न नसक्दा क्यालिब्रेसन फ्लाइटको फाइल निर्णय भएको छैन। क्यालिब्रेसनको निर्णय हुन नसक्दा विमानस्थलको परीक्षण उडान सन् २०२१ भित्र गर्न कठीन जस्तै भएको छ।

प्राधिकरण महानिर्देशक राजन पोखरेल पनि केही समयदेखि क्यालिब्रेसन उडानको निर्णय हुने नसकेको स्वीकार गर्छ। क्यालिब्रेसन उडानको विषयमा निर्णय भएपछि प्राधिकरणले ‘इन्डियन एयरपाेर्टअथोरेटी सँग सम्झौता गरेर क्यालिब्रेसन उडान गर्ने उनको भनाइ छ।

क्यालिब्रेसन उडानपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार एआईपी एरोनटिकल पब्लिकेसन मा विमानस्थल सम्बन्धित विवरण प्रकाशन गरेर मात्रै परीक्षण उडान हुने पोखरेल बताउँछन्।

bimansthal.jpg

त्यसका लागि पनि ९० दिनको समय लाग्छ। प्राधिकरणले सेप्टेम्बर भित्रै क्यालिब्रेसन उडानको विषयमा निर्णय भएको अवस्थामा ‘इन्डियन एयरपाेर्ट अथोरेटीसँग अक्टोबर क्यालिब्रेसन उडानका लागि सम्झौता गरेर नोभेम्बर भित्र विमानस्थलमा क्यालिब्रेसन उडान सक्ने प्राधिकरणको तयारी छ।

यही हिसाबले हेर्दा पनि विमानस्थलको परीक्षण उडान सन् २०२२ को फेब्रुअरीतिर पुग्ने भएको छ। एयरपाेर्ट अथोरेटीसँग क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा जडान भएका नेभिगेसन सञ्चार उपकरण तथा सर्भिलेन्स जडान काम गरे नगरेको परीक्षण हुन्छ। विमानस्थलमा अहिले प्रमुख सञ्चार उपकरण तथा नेभिगेसन काम सकिएको छ। केही काम भने भइरहेको छ।

यो कामको जिम्मा थाइ एरोनटिकलले पाएको थियो। तर, कोभिडका कारण उक्त कम्पनीले काम नगरे पनि आयोजनले उसैको सहयोगमा युरो तथा अमेरिकाबाट सामान झिकाएर काम गरेको थियो। क्यालिब्रेसनका लागि पनि पहिले अमेरिकाबाट जहाज ल्याउने पर्ने थियो।

तर, कोभिडका कारण उनीहरु नआउने भए पनि क्यालिब्रेसन फ्लाइटकै काम गरिरहेको ‘इन्डियन एयरपाेर्ट अथोरेटीसँगको सहकार्यमा प्राधिकरणले क्यालिब्रेसन उडान गर्न लागेको हो। क्यालिब्रेसन उडान पछि विमानस्थलमा परीक्षण उडान हुने प्राधिकरणले जनाएको छ।एयरपाेर्ट अथोरेटी सँग कोभिडका कारण एक वर्ष अगाडि नै हुने पर्नेका अहिलेसम्म लम्बिएको थियो।

bhairahawa (3).jpg

फेरि अहिले विभागीय मन्त्री नहुँदा काम रोकिएको हो। प्राधिकरणले दसैँ अगाडि नै क्यालिब्रेसन उडान गर्ने तयारी गरेको थियो। 

विमानस्थल भौतिक निर्माणको काम चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’ ले गरिरहेको छ। विमानस्थल निर्माणका लागि २०१४ नोभेम्बरमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। पहिलो पटक २०१७ को डिसेम्बर भित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

तर, सम्झौता भएको एक वर्षमै नेपालमा आएको भूकम्पका कारण काम ढिला भएको भन्दै समय थप भएको थियो। अहिलेसम्म विमानस्थल निर्माणको समय चौथो पटक थप भइसकेको छ। तर, अहिले कति समय थप भएको प्राधिकरणले सार्वजनिक गरेको छैन। 

सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसीबी- जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो। यसबाहेक विमानस्थल निर्माणका लागि जग्गा अधिग्रणका सरकारले ३० अर्ब रुपैयाँ खर्च गरेको छ।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०९:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend