सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नाग्म-गमगढी सडक स्तरोन्नति गरिँदै, असार ९ देखि १५ दिनसम्म सवारी आवागमन बन्द हुने

images
शनिबार, असार ८ २०८१
images
नाग्म-गमगढी सडक स्तरोन्नति गरिँदै, असार ९ देखि १५ दिनसम्म सवारी आवागमन बन्द हुने
फाइल तस्बिर

निर्माण अवधिमा यातायात बन्द हुने भएपछि रारा आउने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने स्थानीय बताउँछन्।

images
images

जुम्ला- आन्तरिक तथा बाह्य पर्यटनको एक मात्र उपयुक्त आकर्षण पर्यटकीय गन्तव्यका रुपमा रहेको रारातालसम्म पुग्ने नाग्म-गमगढी सडक स्तरोन्नति गर्न उक्त खण्ड १५ दिनसम्म बन्द हुने भएको छ।

images
images
images

सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचनाअनुसार यही असार ९ देखि २३ गतेसम्म बिहान ५:३० देखि बिहान १० बजे र दिउँसो १ देखि ४ बजेसम्म सवारी आवागमन बन्द हुनेछन्। 

images
images

निर्माणाधीन नाग्म-गमगढी सडकखण्डको कनका सुन्दरी गाउँपालिकाको हाँटसिंजा क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले यातायात बन्द गर्नु परेको सडक डिभिजन कार्यालयका प्रमुख चेतनारायण मण्डलले बताए। नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने उक्त सडकलाई स्तरवृद्धि गर्न लागिएकाले काम गर्न सहज बनाउने उद्देश्यले यातायात बन्द गरिने उनले जानकारी दिए।

images
images

निर्माण अवधिमा यातायात बन्द हुने भएपछि रारा आउने पर्यटकका साथै मुगु आवतजावत गर्ने यात्रुलाई सास्ती हुने स्थानीय बताउँछन्। नाग्म-गमगढी सडकको पहिलो चरणमा छ किमी सडक कालोपत्र भएको छ।

बाँकी चरणबद्ध रुपमा सडकलाई कालोपत्र गरिने जिल्लास्थित सडक डिभिजन कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असार ८ २०८११४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend