सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर निर्माण

images
शनिबार, असार ८ २०८१
images
म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्की नहर निर्माण
फाइल तस्बिर

यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। आयोजनामार्फत पक्की नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ।

images
images

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो।

images
images
images

उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए।

images
images

'च्युरीबोटस्थित घट्टेखोला हुँदै २५ मुरेसम्म तीन सय ४९ मिटर लामो पक्की नहर बनाउने लक्ष्य रहेकामा सोभन्दा बढी बनाएका छौँ', उनले भने, 'गत बैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै साता सकिएको हो।'

images
images

यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। आयोजनामार्फत पक्की नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ।

उपभोक्ता समितिका सचिव फिरोज घर्तीमगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाइ आयोजना निर्माण गरेको जानकारी दिए। घरधुरी २० भन्दाबढी कृषकको दुई सय रोपनी बढी खेतबारी र बगैँचामा सिँचाइ गर्न सहज भएको छ।

यसअघि खोल्साको पानी कच्ची नहरबाट बगाउँदा चुहिने र भासिने समस्या थियो। सिँचाइ अभावमा आकाशे पानीका भरमा एक बाली मात्र लगाउने गरिएको थियो। सिँचाइ सुविधा भयो भने बाह्रै महिनाखेती लगाउन सकिने भएको छ।

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६० सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए। बादुक र घारेनी कोत्रवाङ सिँचाइ आयोजनाको बहुवर्षीय ठेक्का आह्वान गरेको र अन्य आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको बताए। रासस


प्रकाशित : शनिबार, असार ८ २०८११२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend