सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

विद्यार्थीलाई बिजनेस आइडियामा जोड्दै युवा उद्यमी मञ्च सुनसरी

images
शनिबार, असार ८ २०८१
images
विद्यार्थीलाई बिजनेस आइडियामा जोड्दै युवा उद्यमी मञ्च सुनसरी

सुनसरी शाखाले गरेको अन्तर कलेज बिजनेस आइडिया प्रतियोगितामा इटहरीको विश्व आदर्श कलेज विजयी भएको छ।

images
images

इटहरी- युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरीले विद्यार्थीलाई बिजनेस आइडिया प्रतियोगितामा सहभागी गराएर नयाँ प्रयास थालेको छ।

images
images
images

सुनसरी शाखाले गरेको अन्तर कलेज बिजनेस आइडिया प्रतियोगितामा इटहरीको विश्व आदर्श कलेज विजयी भएको छ।

images
images

६ कलेजको सहभागिता रहेको प्रतियोगिताका उपविजेता भने घोषणा गरिएको छैन। विजयी विश्व आदर्शले १ लाख नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगी विद्यार्थीको आइडियालाई लगानीकर्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ। 

images
images

विजयी विश्व आदर्शका विद्यार्थीहरू रोशन बस्नेत, धिरज पराजुली, आकृति ओझा र खुस्बु पाठकको टिमले अनलाइन पाठ्यक्रम तयार पार्ने योजना ल्याएका हुन्। विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न क्षेत्रका पाठ्यपुस्तक समेटिएको अनलाइन प्लेटफर्म बनाउने उनीहरूको योजना छ। 

उद्यमी मञ्च सुनसरी अध्यक्ष चन्द्र देवकोटाले युवाहरूमा स्वरोजगार र उद्यमीको भावना विकास गराउन प्रतियोगिता गरेको जानकारी दिए। विद्यार्थीको आइडिया लगानीकर्ता सम्म पुर्‍याउने र रचनात्मक बिजनेस सुरुवात गर्ने उद्देश्य राखिएको उनले बताए। 

उद्योगी शिवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न उद्योगी तथा व्यवसायीले सहभागिता जनाएका थिए। कार्यक्रममा सम्बोधन गर्दै घिमिरेले यस्ता प्रतियोगिताबाट आएका आइडियाले युवाहरूलाई देशमै स्वरोजगार बनाउने धारणा राखे। 

प्रतियोगितामा विश्व आदर्श सहित कस्तुरी, कोसी, सुष्मा, ग्रीनपिस लिंकन र इटहरी इन्टरनेसनल कलेजले सहभागिता जनाएका थिए।


प्रकाशित : शनिबार, असार ८ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend