शुक्रबार, भदौ २८ गते २०८१    
images
images

ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

images
शनिबार, असार ८ २०८१
images
images
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै

'कतै निर्माण व्यवसायीको लापरबाही त कतै सरकारले भुक्तानी नदिँदा ठूला सडक कालोपत्र हुन सकेका छैनन्', उनले भने।

images
images

गलकोट- बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि जिल्लाका मुख्य सडक भने कालोपत्र हुनसकेका छैनन्। यहाँका तीन मुख्य सडक वर्षौँदेखि कालोपत्र हुन सकेका छैनन्।

images
images
images

विसं २०७२ मा कालोपत्र गर्न ठेक्का सम्झौता भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै धुलाम्य अवस्थामा छ। गण्डकी प्रदेश सरकारअन्तर्गतका चार सडक सम्पन्नको चरणमा छन्। एउटा सडक अझै अधुरै छ।

गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक, बागलुङ नगरपालिका-४ कुडुलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक निर्माण सम्पन्न भइसकेका छन्।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ बजारदेखि घोडाबाँधेसम्मको २५ किमि सडक पाँच पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन।

images

बागलुङ नगरपालिका-४ कुडुँलेदेखि मालिका हुँदै पञ्चकोट पुग्ने सडक सम्पन्न भएको छ। गलकोटको हटियादेखि ताराखोला जोड्ने सडक र ढोरपाटनदेखि म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको छ। राङ्खानी-बरेङ सडकमा कालोपत्र गर्ने काम अन्तिम चरणमा छ। पछिल्लो तीन महिनायता ग्रामीण सडक ४० किमि कालोपत्र गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले ग्रामीण सडक धमाधम कालोपत्र गरिँदा मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड र राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको शालझण्डी ढोरपाटन सडक र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर अझै कालोपत्र हुन नसक्नु दुःखद भएको बताए।

'कतै निर्माण व्यवसायीको लापरबाही त कतै सरकारले भुक्तानी नदिँदा ठूला सडक कालोपत्र हुन सकेका छैनन्', उनले भने।

सिगानाको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक र कालीगण्डकी करिडोरको बागलुङ खण्ड सरकारले भुक्तानी दिन नसक्दा कालोपत्र भएको छैन। कुश्मिसेरादेखि राङ्खानीसम्मको १० किमि सडक पनि अधुरै छ। 

विसं २०७२ मा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि पाँच पटकसम्म म्याद थप गर्दासमेत बागलुङ बजारदेखि बिहुँ खण्डको १३ किमि सडक ६ किमि मात्रै कालोपत्र भएको छ। बिहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्र सम्पन्न नहुँदै ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जल शर्माले जानकारी दिए। उनले भने, 'सम्झौताको नौ वर्षसम्म सडक कालोपत्र भएको छैन।' रासस


प्रकाशित : शनिबार, असार ८ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend