आइतबार, भदौ २३ गते २०८१    
images
images

आईएमई समूहले निर्माण गर्ने ६६.३ मेगावाटको मध्य-कालीगण्डकीमा लगानी जुट्यो, नबिलसहित ६ बैंकले ११ अर्ब लगानी गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ७ २०८१
images
images
आईएमई समूहले निर्माण गर्ने ६६.३ मेगावाटको मध्य-कालीगण्डकीमा लगानी जुट्यो, नबिलसहित ६ बैंकले ११ अर्ब लगानी गर्ने

मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भइ ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

images
images

काठमाडौं- आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य-कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन्।

images
images
images

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नविल बैंक लिमिटेडले गरेको छ भने अन्य सहभागि बैंकहरूमा एभरेष्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक लिमिटेड लिमिटेड रहेका छन्।

निर्माण अवधिको व्याज वाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूंजी (इक्विटी वाट जुटाइएको छ। इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहने छ।

images

सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको व्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन्। कुल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेधा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक, प्रत्येकको १ अर्ब रूपैयाँ रहने छ।

मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भइ ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन्।

नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र बर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी भइ वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादनबाट २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने छ। 


प्रकाशित : शुक्रबार, असार ७ २०८११६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend