सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

गाडीको आयात बढ्दा जेठमा यसवर्षकै सर्वाधिक आयात

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ७ २०८१
images
गाडीको आयात बढ्दा जेठमा यसवर्षकै सर्वाधिक आयात

गत आर्थिक वर्षको तुलनामा भने आयात अझै पनि १.८४ प्रतिशतले ऋणात्मक छ। गत वर्षको यसै अवधिमा १४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

images
images

काठमाडौं- इलेक्ट्रिक तथा डिजेल पेट्रोलबाट चल्ने गाडीको आयात बढ्दा जेठमा यसवर्षकै सर्वाधिक वस्तु आयात भएको छ। चालु आर्थिक वर्षमा पहिलोपटक १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

images
images
images

गत असोजपछि यसवर्ष जेठमा सर्वाधिक वस्तु आयात भएको हो। असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

images
images

जेठ महिनासम्म कुल १४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

images
images

गत आर्थिक वर्षको तुलनामा भने आयात अझै पनि १.८४ प्रतिशतले ऋणात्मक छ। गत वर्षको यसै अवधिमा १४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

चालु आर्थिक वर्ष साउनमा १ खर्ब २९ अर्ब, भदौमा १ खर्ब ३० अर्ब, कात्तिकमा १ खर्ब ५ अर्ब रुपैयाँ, मंसिरमा १ खर्ब २९ अर्ब ७१ करोड रुपैयाँ, पुसमा १ खर्ब २७ अर्ब, माघमा १ खर्ब ३० अर्ब, फागुनमा १ खर्ब ३२ अर्ब, चैतमा १ खर्ब ३७ अर्ब, बैशाखमा १ खर्ब ३६ अर्ब र जेठमा १ खर्ब ५० अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ।

यस्तै गत वर्षको तुलनामा ३.०१ घटेर जेठसम्ममा वस्तु निर्यात १ खर्ब ३९ अर्ब रुपैयाँ बराबर भएको छ। जेठसम्ममा व्यापारघाटा १३ खर्ब १४ अर्ब रहेको छ। आयात र निर्यात दुबै घटेकाले वस्तु व्यापारघाटा १.७२ प्रतिशतले घटेको छ।

निर्माणका काम सुस्त हुँदा पेट्रोलियम पदार्थ र पुँजीगत निर्माणको वस्तुको खपत घट्दा समग्र आयात घटेको हो। यस्तै विश्वव्यापीरुपमा मूल्यवृद्धि घटिरहेकाले पनि चालु आर्थिक वर्ष आयातमा कमी आएको देखिन्छ।


प्रकाशित : शुक्रबार, असार ७ २०८११५:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend