शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

११ महिनामा भित्रिए ११ हजार ४ सय ६६ विद्युतीय सवारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ७ २०८१
images
images
११ महिनामा भित्रिए ११ हजार ४ सय ६६ विद्युतीय सवारी

११ महिनामा २९ अर्ब रुपैयाँ बराबरको ११ हजार ४ सय ६६ वटा विद्युतीय कार आयात भएका हुन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा ११ हजार ४ सय ६६ वटा विद्युतीय कार आयात भएका छन्। सरकारले विद्युतीय कारमा कर बढाउने हल्ला चलेका कारण बैशाख र जेठमा धेरै संख्यामा विद्युतीय सवारी आयात भएको हो। 

images
images
images

चालु आवको १० महिना साउनदेखि बैशाखसम्ममा ८ हजार ४ सय ९७ वटा विद्युतीय कार आयात भएकोमा जेठ एक महिनामै २ हजार ९ सय ६९ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांक छ।  

११ महिनामा २९ अर्ब रुपैयाँ बराबरको ११ हजार ४ सय ६६ वटा विद्युतीय कार आयात भएका हुन्।

images

उक्त संख्यामा कार आयात गर्दा सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व आम्दानी गरेको छ। यो अवधिमा सबैभन्दा बढी चीन र भारतबाट धेरै विद्युतीय कार आयात भएको हो। 

images

११ महिनामा ५० किलोवाटसम्म मोटर क्षमता भएका ४३ सय ४४ वटा, ५१ देखि १ सय किलोवाट मोटर क्षमताका ६८ सय ८५ वटार १०१ देखि २ सय किलोवाट मोटर क्षमताका २ सय ९ वटा विद्युतीय कार आयात भएका छन्। 

त्यस्तै २०१ देखि ३ सय किलोवाटसम्म मोटर क्षमताका २७ वटा र ३ सय किलोवाटभन्दा माथि मोटर क्षमताको एउटा विद्युतीय कार आयात भएको तथ्यांक भन्सारले सार्वजनिक गरेको छ। 


प्रकाशित : शुक्रबार, असार ७ २०८११५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend