आइतबार, भदौ २३ गते २०८१    
images
images

भैरहवा विमानस्थल राम्रो नबनेको भन्दै माधवकुमार नेपालले सोधे - डिजाइन कसले गरेको? इन्जिनियर को हो?

images
मंगलबार, पुस १३ २०७८
images
images
भैरहवा विमानस्थल राम्रो नबनेको भन्दै माधवकुमार नेपालले सोधे - डिजाइन कसले गरेको? इन्जिनियर को हो?

नेता नेपालले भैरहवा विमानस्थलको काम चित्तबुझ्दो नभएको भन्दै डिजाइनर र इन्जिनियरले राम्रो काम नगरेको बताएका छन्।  

images
images

काठमाडौं- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चित्तबुझ्दो नभएको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विमानस्थलमा सुधार गर्नुपर्ने काम धेरै नै रहेको बताएका छन्। 

images
images
images

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यसमेत रहेका नेपालले भैरहवा विमानस्थलको काम चित्तबुझ्दो नभएको भन्दै डिजाइनर र इन्जिनियरले राम्रो काम नगरेको बताएका छन्।  

‘भैरहवा विमानस्थलको टर्मिनल जुन बनेको छ, त्यो चित्तबुझ्दो छैन। भवनको डिजाइन तयार भयो, त्यसको डिजाइनर को हो? त्यसको नाम चाहियो। कम्पनी, इन्जिनियर को हो? त्यसलाई स्वीकार गर्ने पदाधिकारी को हुन्? त्यो नाम चाहियो। मन्त्री को थिए? प्रधानमन्त्री को थिए? त्यो पनि चाहियो। अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा विभिन्न त्रुटीहरू भएका छन्, त्यो सुधार्ने काम होस्' मंगलबार सिंहदरबारमा भएको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै नेपालले भने। 

यस्तै उनले निजगढ विमानस्थलको कुरा उठाएको र काम अघि बढाउनुपर्छ भनेको धेरै वर्ष भइसकेकोले अहिलेसम्म कसले बनाउन रोक्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने समेत बताए। 

images

'निजगढ विमानस्थलको कुरा उठाएको र अघि बढाउनु पर्छ भनेको धेरै वर्ष भइसक्यो, यो ढिला गर्ने मान्छे को को हुन्? किन ढिला गर्न खोजेको? यो राज्यको गम्भीर चिन्ता र चासोको विषय भइरहेको छ। कसले रोकेको छ? स्मार्ट सिटी पनि त्यहाँ जोडिएको छ भन्ने सुनेँ, स्मार्ट सिटीसँग विमानस्थल जोडिँदैन, कामै रोकिदिने अर्को डिजाइन भनेर? के हो यो?’ उनले प्रश्न गरे। 

यस्तै बैठकमा समितिकी सदस्य पुष्पा भुसालले साधारण जनताहरूले पनि प्लेनमा चढ्न पाउनुपर्ने अवसरको महशुस भएकोले चाँडै काम भइरहेको विमानस्थलहरूको काम सकेर सञ्चालनमा ल्याइनु पर्ने बताइन्। उनले लुम्बिनी विमानस्थलमा सञ्चालनको काम पर्यटन मन्त्रालयबाट नै केही कारण रोकिएको सूचना पाएकोले आफ्नो सरकार रहँदै सञ्चालन गर्नुपर्ने बताइन्।

सदस्य भुसालले भनिन्, ‘लुम्बिनी विमानस्थलमा काम लगभग अघि बढीसकेको, स्ट्रक्चर तयार भइसकेको, हामीले सुन्दै गर्दा पर्यटन मन्त्रालयबाट नै केही फाइलहरू अघि बढाउनु पर्ने, यति धेरै महँगो इक्वीपमेण्टहरू, स्ट्रक्चरहरू तयार भइसकेको अवस्थामा त्यसलाई हाम्रै कार्यकालमा छिटो भन्दा छिटो सञ्चालन गरेर अघि बढ्नुपर्छ ।’

त्यस्तै समितिका सदस्य मोहन बानियाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पुनः सर्वे डिजाइन र डिपिआर गर्ने भन्ने आएकोमा खेद प्रकट गरे। उनले करिव ९५ प्रतिशत काम भइसकेको अवस्थामा यस्तो कुरा गर्नु लापरबाही भएको बताए।

‘बास्तवमा यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा फिजिबिलिटी सर्वे, प्राइमरी सर्वे गर्दा र डिटेल सर्वे गर्दा हामीले ध्यान पुर्याउन सकेनौँ। अहिले महशुस भएको छ। ४० मिटर डाँडा काट्नुपर्छ, त्यसको पुनः सर्वे डिजाइन र डीपीआर गर्ने भन्ने कुरा आएको छ, करिव ९५ प्रतिशत काम भइसकेको छ, अब त्यसको प्रोजेक्टको अन्तिम समयमा आएर यो कुरा गर्नु लापरबाही नै हो । फेरि के को चलखेल हो ? त्यो डाँडा नकाटी पनि प्लेन ल्याण्ड गर्नसक्छ’ सदस्य बानियाँले भने।

बैठकमा समितिका सदस्यहरूले विमानस्थलको काममा ढिलाइ भइरहेको भन्दै यथाशीघ्र काम सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।


प्रकाशित : मंगलबार, पुस १३ २०७८१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend