मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबीन समितिले थाल्यो काम

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ७ २०८१
images
images
त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबीन समितिले थाल्यो काम

समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबीन गर्नेछ।

images
images

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबीन समितिले कार्यारम्भ गरेको छ। समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याइ कार्यारम्भ गरेको समितिका सदस्य जानकी वल्लभ अधिकारीले जानकारी दिए। 

images
images

समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ। समितिले पहिलो चरणमा काठमाडौं उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबीन गर्नेछ।

images
images

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।

images
images
images

समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहेका छन्। समितिलाई तीन महिनाको अवधि दिइएको छ। रासस


प्रकाशित : शुक्रबार, असार ७ २०८११२:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend