सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

मालढुंगा-बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ७ २०८१
images
मालढुंगा-बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स-खड्का-कृष्णले ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो।

images
images

पर्वत- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा-बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ।

images
images
images

१३ किलोमिटर लामो मालढुंगा-बेनी सडकको मालढुंगा-फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा-बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जनाएको छ। पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ। 

images
images

सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ। मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उनले बताए।

images
images

उक्त  सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स-खड्का-कृष्णले ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो। 

करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, असार ७ २०८१११:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend