सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना, राजस्व लक्ष्यको तुलनामा १६५ प्रतिशतले बढी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार ७ २०८१
images
रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना, राजस्व लक्ष्यको तुलनामा १६५ प्रतिशतले बढी

जेठ मसान्तसम्ममा कार्यालयले १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ।

images
images

रसुवा- चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ।

images
images
images

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो। 

images
images

चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ। 

images
images

राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा १ सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए। जेठ मसान्तसम्ममा कार्यालयले १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ।

पछिल्लो समय चीनबाट आयात हुने अधिका‌श सामान रसुवागढी नाकाबाट आयात भइरहेको छ। त्यसमा पनि विद्युतीय सवारीको आयात भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, असार ७ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend